२ भाद्र २०७९, बिहीबार

सामाजिक सञ्जाल इन्स्टाग्रामले आत्महत्या गर्न उक्साएको आरोप

मोली रसेलले चौध वर्षको उमेरमा सन् २०१७ मा आत्महत्या गरिन्।

त्यसपछि जब उनको परिवारले उनको इन्स्टाग्राम एकाउन्ट हेरे तब त्यहाँ उनीहरूले डिप्रेसन तथा आत्महत्यासम्बन्धी विचलित पार्ने सामग्रीहरू फेला पर्यो।

उनका पिता इयान छोरीले आत्महत्या गर्नुको पछाडी इन्स्टाग्राम दोषी भएको बताउछन।

एक विज्ञप्तिमार्फत इन्स्टाग्रामले आफूहरूले त्यस्ता हानिकारक सामग्री तथा आत्महत्यालाई उक्साउने सामग्री राख्न अनुमति नदिने र तिनलाई हटाइदिने गरेको जनाएको छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख