२ भाद्र २०७९, बिहीबार

फेसबुकले म्यासेजिङ सेवा एकीकृत गर्ने

फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ। यी तीनैवटा एप छुट्टाछुट्टै रहनेछन्, तर तीनै एपबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढङ्गबाट तिनलाई जोडिने बताइएको छ।

फेसबुकले यो लामो प्रक्रियाको शुरुवात गरिसकेको जानकारी दिएको छ। सो योजनाबारे पहिलो पटक न्यूयोर्क टाइम्सलाई जानकारी गराइएको थियो जुन फेसबुकका संस्थापक मार्क जकरबर्गको निजी परियोजना बताइएको छ।

सन् २०१९ को अन्त वा अर्को वर्षको शुरुमै यो परियोजना पूर्ण हुने बताइएको छ। अहिलेसम्म फेसबुक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलगअलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख