२ भाद्र २०७९, बिहीबार

सेवाप्रदायकहरुलाई तार व्यवस्थित गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ — दूरसञ्चार प्राधिकरणले एक महिनाभित्र तार व्यवस्थित गर्न सेवा प्रदायकलाई निर्देशन दिएको जानकारी गराएको छ। प्राधिकरणले सूचना प्रकाशित गर्दै एक महिनाभित्र तार व्यवस्थित नगरे सम्बन्धित निकायले तार हटाउने चेतावनी पनि दिएको छ । सेवा प्रदायकहरुले आफ्नो तारमा पहिचान पनि खुलाउनुपर्ने भएको छ ।

सेवा प्रदायकले तारलाई पोलमा व्यवस्थित रुपमा राख्न र आफ्नो तारमा नाम राख्न पनि निर्देशन दिएको छ । ‘विजुलीको खम्बामा रहेका तथा लत्रिएका अव्यवस्थित, अनधिकृत तथा असुरक्षित तवरले राखिएका तारहरुले गर्दा सहरको सौन्दर्यमा प्रतिकुल असर गरेको साथै आगलागी, विद्युतीय झटका र पैदल यात्रु तथा सवारी साधनको दुर्घटनाको कारण बनिरहेको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख