४ भाद्र २०७९, शनिबार

घिराैले र सापटीकाे हास्य यात्रा मेरि बास्सै देखि गजब छ सम्म

मेरि बास्सैका जोडि कलाकार लेखनाथ भुसाल (घिरौले) दिवाकर भण्डारी (सापटे) को आत्मकथाः

मेरी बास्सैका घिरौले पात्रबाट चिरपरिचित हास्यकलाकारको नाम हो लेखान्त भुसाल । लेखान्त बिगत केही बर्षदेखि नेपाली कलाकारीतामा सक्रिय छन् । उनले छोटै समयमा सिनेकर्मिको राम्रो तारिफ बटुलेका छन् । हास्यब्याङ्य क्षेत्रमा पाईला राख्दै गरेका लेखान्तले छोटै समयमा आफुलाई मेरी बास्सै सहित भद्रगोलमा समेत देखाउन सफल भए । उनै लेखान्त त्यसबाहेक पनि केही म्युजिक भिडियोमा समेत देखिएका छन् । भर्खरै मात्र उनले स्टार नायिका प्रियंका कार्कीले अभिनय गरिरहेकि सिनेमा बटरफ्लाईमा समेत डाक्टरको भुमिका निर्वाह गरेका छन् ।

दाङ जिल्लाको देउखुरी मौरिघाटमा रबिलाल भुसाल र साबित्रा भुसालको कोखबाट बि.सं. २०४८ साल बैशाख ३० गते जन्मिएका लेखान्त सानै देखी नेपाली कलाकारीतामा रुचि राख्दथें । साधारण परिवारमा जन्मिएका लेखान्त साधारण जिवन जिउन निकै रमाईलो मान्छन् । उनलाई सानै देखी धन भन्दा पनि मन ठुलो हुनुपर्छ जस्तो लाग्थ्यो रे । साथीभाई देखी आफुले चिनेजानेका सबैलाई सम्मान गर्न जान्ने लेखान्त स्कुल जिबनदेखीनै चञ्चले स्वभावका थिए । उनलाई कुनै कुरा देखिसकेपछि यो कसरी भयो अथवा के गर्दा हुन्छ भन्ने कौतुहलता लाग्थ्यो रे । उनको धेरै उत्सुकता सुन्दा सुन्दै सबै थकित हुन्थे रे । उनि हास्दै भन्छन् जिबनमा बैज्ञानिक पो बन्नुपर्छ कि जस्तो लाग्थ्यो रे बच्चा बेलामा । लमडरुवा प्रावीबाट आफ्नो अध्ययन सुरु गरेका लेखान्तले बिभिन्न कारणले एस.एल.सी. सम्म त २ वटा स्कुल परिवर्तन गर्न भ्याए । उनले १ कक्षादेखी ३ कक्षासम्म लमडरुवामा पढेपनि त्यसपछि ३ कक्षाबाट उनि हापुर मा.बि. सरुवा भए । हापुर मा.बि.बाट सेकेण्ड डिभिजनमा एस.एल.सी. पास गरेका लेखान्त पठाईमा भने सामान्य थिए । उनलाई स्कुले ज्ञान भन्दा पनि ब्यबहारीक ज्ञान ठुलो हो भन्ने लाग्छ रे । उनि भन्छन् हामीले जतिनै काम गर्न खोजे पनि कतै न कतै व्यवहारिक कामको महत्व हुन्छ । मलाई सबैभन्दा ठुलो ज्ञान नै जिन्दगीको भोगाई र व्यवहारिकता नै लाग्छ ।

एस.एल.सी.सम्म आमाबुबाको मायामा रमाएका लेखान्त बुबा संग भन्दा पनि आमा संग नजिक थिए । उनलाई आफ्नै बुबासंग निकै डर लाग्थ्यो रे । हांस्दै भन्छन् ‘बुबाको अगाडि पर्ने डराउंथें’ । बुवालाई केही भन्नु पर्दा उनि आमालाई सुनाउथें । आफुलाई केही कुराको आवश्यकता पर्यो भने उनी आमालाई सुनाउथें । बुबालाई केही भन्नुपर्दा आमाकै माध्यामबाटै आफ्नो सबै कुरा भन्ने लेखान्तले बुबाको नराम्रो गाली खाएका छन् रे । उनलाई बुबाले गाली गरेको दिनदेखी बुबाको अगाडी पर्ने डराउथें । बुबा संगको लामो दुरीमा पनि छुट्टै माया पाएका लेखान्तले एस.एल.सी. पछि बुबाको सबै माया गुमाएं । एस.एल.सी. परीक्षा नजिकिदै गर्दा उनले आफ्नो बुबालाई गुमाएं । उनलाई बुबाको निधनले स्तब्ध भन्दा पनि बिश्वासनै गर्न गाह्रो भयो रे ।

बुबाको मृत्यु पछि परिवारको सबै ब्यबहार सम्हाल्नु पर्ने भएकाले पनि उनि परिवारमै केन्द्रित हुन पुगे । कलाकारीताको रुचि केही समयलाई पर सादैं परिवार प्रति परेको आफ्नो जिम्मेवारी निर्वाह गर्नेमा केन्द्रित भए लेखान्त । उनले एस.एल.सी. पछिको केही खाली समयलाई कलेज पढ्न लाग्ने खर्च जुटान थाले । उनि त्यसैको लागी लगभग ३ महिना भारत पुग्न बाध्य भए । जसोतसो कलेज त भर्ना भए तर उनका लागी कलेजको पढाई भन्दा महत्वपुर्ण थियो कलाकारीता । नारायणपुर स्थित सिद्धरत्न उच्च मा.बि.मा प्सटुका लागी भर्ना भएका लेखान्त नाटकमा रुचि भएका कारण त्यसपछिको पढाई भने खासै राम्रो हुन सकेन् ।

उनी नाटक, सडक नाटक, कचहरी नाटक, लघुनाटक तथा रेडियो नाटकहरुमा नै केन्द्रित हुन पुगें । उनलाई पढाईमा भन्दा बढी अभिनयमा ध्यान जान थाल्यो । उनले उक्त क्याम्पसमा पढ्ने क्रममै बि.बि.सी. नेपाली सेवाबाट प्रसारण हुने कथा मिठो सारङ्गीको मा समेत अभिनय गर्ने मौका पाए । जसमा अभिनय गरेबापत उनले पहिलोपटक ६ हजार रुपैया कमाएका थिए । जुन पैसा उनको जिवनको पहिलो कमाई भन्दापनि कलाकारीताबाट आएको पहिलो कमाई बन्न पुग्यो । नाटकमा काम गर्दा पैसा पनि आउदो रहेछ भन्ने बल्ल थाहा पाएछन् लेखान्त ले । त्यही रुचि र उनको कलाकारीता प्रतिको लगावले उनलाई ठुलो पर्दाको सिनेमा सम्म तान्न भ्यायो । दाङ्गमै जन्मिएका लेखान्तले दाङ्गकै जिरेखुर्सानीका कलाकार सन्दिप भुषालको साथ र सहयोगले सिनेमामा पाईला राख्ने अबसर पाए ।

उनले पहिलोपटक बिर नामक नेपाली सिनेमामान अभिनय गरे । जसमा उनि पुलीसको भुमिकामा देखिएका थिए । छोटै भुमिका भएपनि उत्त सिनेमाले लेखान्तलाई केही सिनेकर्मिहरु संग भने चिनायो । त्यसकै प्रभाव होला उनले बाचामा पनि अभिनय गर्ने मौका पाए । त्यसपछि उनले केही सिनेमामा छोटै भुमिकामा भएपनि अभिनय गर्ने मौका पाएका थिए । उनले काली, बाचा, मेन्टल, रङ् वे, सरकार र पछिल्लो बटरफ्ल्याई लगायतका सिनेमामा सहायक भुमिका निर्वाह गरेका छन् । पहिलोपटक भद्रगोलमा हास्यकलाकारका रुपमा प्रस्तुत भएका लेखान्तको पहिलो टेलिभिजन श्रृखलानै भद्रगोल बन्न पुग्यो । उनलाई भद्रगोलमै पाडेंको भतिजोका रुपमा अभिनय गर्ने गोबिन्द कोईराला (जयन्ते) को साथ र सहयोगले भद्रगोलमा अभिनय गर्ने मौका पाएका थिए । भद्रगोलमा अभिनय सुरु गरेका लेखान्तले कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाडेंको पनि राम्रो साथ पाए । उनलाई अभिनयको राम्रो गाईड गर्ने २ गुरु जस्तै थिए जिग्री र पांडे । उनीहरुको सल्लाह अनुसारनै अभिनयमा निरन्तर अगाडि बढिरहे उनी ।

पछिल्लो समय धुर्मुस सुन्तली फाउण्डेसनसंग जोडिएर उनले ज्योती, हरियो बिल्ला, गज्जब छ बा लगायतका छोटा सिनेमामा पनि काम गरे । उनि बिगत ३ बर्षदेखी धुर्मुस सुन्तलीको छायामा बसी सामाजिक काममा निरन्तर लागीपरिरहेका छन् । पहरी बस्ती, गिरानचौर देखी मुसहर सम्म उनले ब्यबस्थापन र आर्थिक पाटो सम्हाल्दै आएका छन् । धुर्मुस सुन्तलीकै कारण आफु यहांसम्म आईपुगेको बताउने लेखान्त धुर्मुस सुन्तलीसंग काम गर्न पाउदा भगवान पाएको महशुष भएको बताउछन् । त्यसबाहेक उनले आफ्नै लेखन तथा निर्देशनमा अचम्मै भो नामक हांस्य टेलिश्रीखला युटुवबाटै दर्शकलाई पस्किरहेका छन् ।

‘सहि मान्छेको संगतले आज म कलाकारीतामा निरनदिवाकर भण्डारी, कलाकार/निर्देशक

-जन्म २०३४ साल साउन १ गते, कास्की जिल्ला ढिकुरपोखरी गा.वि.स. ४
-माछापुच्छ्रे उच्च मा.वि कास्कीबाट एल.एल.सी. उत्तिर्ण ।
-बुवा तुलसी प्रसाद भण्डारी, आमा रुकी भण्डारी
-६ कक्षामा पढ्दै गर्दा बुवाको निधन ।
-कक्षा ८ मा पढ्दादेखि नाटकमा अभिनय गर्न सुरु गरिएको र नाटक लेखन एवं गीत गाउने लगायतका अतिरिक्त क्रियाकलापमा भाग लिन सुरु ।
-२०५१ सालमा धुन नाम सिरियलमा सानो भूमिकामा अभिनय, मनिष श्रेष्ठ थिए, निर्देशक ।
– २०५२ सालमा ढिकुर पोखरी साँस्कृतिक क्लब गठन गरी सो को अध्यक्ष बनेको ।
-२०५२ सालदेखि नै सडक नाटक गर्न सुरु गरेको । दिनको पारिश्रमिक ८० रुपैंया । आफैंले नाटक लेख्न थालेको ।
-पारिवारीक अवस्था कमजोर भएको हुनाले २०५५ सालमा वैदेशीक रोजगारका लागि साउदी अरेबीय । साउदीमा स्टेज कार्यक्रमहरु थुप्रै गरियो ।
-साउदी अरेबीयामा प्रकाशन हुने शुक्रबार नाम पत्रिकामा लेखहरु प्रकाशित हुन्थ्यो, एउटा लेखको ५ रुपैँया पारिश्रमिक प्राप्त हुन्थ्यो ।
-२०६२ सालमा लोक गीत … एउटै मिल्यो हजारौं हजारमा लोक दोहोरी गीत तिर्सना क्यासेट सेन्टरबाट निकालेको । स्वर, शब्द, लय आफ्नै ।
-२०६४ सालमा २ तिज गीत
-२०६६ सालमा मेरी गंगा चलचित्र निर्माण, लगानी, संगीत आफ्नै । चलचित्र सफल हुन सकेन । डुब्यो ।

-२०६६ मा चलचित्र चिनो मा अभिनयको अवसर, राम्रो चल्यो । पत्रकारको भूमिका निर्वाह गरेको थिएँ ।
-२०६७ सालमा चलचित्र कन्यादान चलचित्रमा ट्याक्सी ड्राइभरको भूमिकामा अभिनय गरेको ।
-२०६८ राज नाम फिल्म, नाई नभन्नु ल २, छेस्को चलचित्रमा अभिनय गरेँ । हाँस्य टेलिश्रृंखला खिचडी निर्माण गरेर गण्डकी टेलिभिजनबाट प्रसारण, कथा लेखन तथा निर्देशन र खडे माइलो र चिम्टे पुलिसको भूमिका निर्वाह समेत गरेको ।
-२०७० सालमा किडन्याप चलचित्रमा पण्डितको भूमिकामा अभिनय गरेको । यतिन्जेलसम्म ६२ वटा सडक नाटक गरिसकेको जसमा आफ्नै लेखन तथा निर्देशन रहेको थियो ।
-२०७१ सालमा हास्य टेलिश्रृंखला गडबडी र एके ४७ नाम हास्य टेलिश्रृंखला लेखन, निर्देशन, अभिनय रहेको थियो ।
-२०७२ टु आवर अफ माई लाइफ नामक फिल्ममा व्यापारीको भूमिका निर्वाह गरेको ।
-म्युजिक भिडियो १२ वटा भन्दा बढीमा अभिनय गरेको ।
-२०७३ सालमा हास्य टेलिश्रृंखला ल खत्तम निर्माण, राजु मास्टरसँग मिलेर सुरु गरेको पछि उहाँले छाड्नु भयो ।
-२०७४ मेरी बास्सैमा प्रवेश, सापटी काकाको पात्र आफैंले निर्माण गरेर अभिनय गरेको । राजु मास्टर र बल्छी ध्रुबेको सहयोगमा ।
-दर्जन बढी सामाजिक चलचित्रहरुमा अभिनय ।
-छिट्टै नयाँ हास्य टेलिश्रृंखला लेखान्त भुषाल (घिरौंले) र दिवाकर भण्डारी मिलेर गर्ने तयारी । गजब छ बा पनि आएकाे छ ।
-स्टेज कार्यक्रममा पनि व्यस्तता बढ्दो ।
-सात वर्ष सम्म बिग एफ एममा कार्यरत, कास्की पत्रकार महासंघको सदस्य ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख