९ आश्विन २०७७, शुक्रबार

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहमन्त्रीलाई शाहलाई कोरोनाको सुरुको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । शाहले ट्वीटरमार्फत आफुमा कोरोना परीक्षणको सुरुको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

उनले डाक्टरहरुको सल्लाहअनुसार अस्पताल भर्ना हुने जनाएका छन् । गृहमन्त्री शाहले केही दिनयता आफुसँग भेटघाट गरेका नेता, कार्यकर्ता र जनतालाई आफैं आइसोलेसनमा रहेर कोरोना परीक्षण गराउन समेत अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख