१९ श्रावण २०७७, सोमबार

ट्रम्पको अनुहारसँग दुरुस्तै मिल्ने ढुङ्गो फेला, हेर्न आउने पर्यटकको भीड

काठमाडौं । प्रकृतिका बिभिन्न बस्तु कहीले काही मान्छे तथा जनावरको आकृतिसँग मिलेको भन्ने कुरा कतिले सुन्नु भएको होला भने कतिले देख्नु भएको पनि होला । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारसँग मिल्ने एक ढुङ्गो फेला परेको छ । ट्रम्पको अनुहारसँग मिल्ने आकृति देखिने उक्त ढुङ्गो टर्कीमा रहेको छ । 

उक्त ढुङ्गोलाई देख्ने जोकोही अचम्ममा पर्छ । किनकी ढुङ्गो दुरुस्तै ट्रम्पको अनुहारसँग मिल्छ । दक्षिणी टर्कीको सिलिफ्के शहरमा रहेको यो ढुङ्गोको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

ट्रम्पको अनुहारसँग मेल खाने ढुङ्गो उक्त क्षेत्रमा फेला परेपछि हेर्न आउने पर्यटकको भीडभाड बढ्न थालेको बताइन्छ । ढुङ्गोको प्राकृतिक बनावटमा ट्रम्पको कपाल देखि नाक, ओठ र ज लाइनको जस्तै आकृति देख्न सकिन्छ । यो  ढुङ्गो वर्षौं पहिले देखि सोही बनावटमा रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख