२७ श्रावण २०७७, मंगलवार

रोल्पामा १४ जनाले एक युवकमाथि कुटपिट, युवकको मृत्यु

रोल्पा । रोल्पामा १४ जनाको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका ६ भञ्ज्याङ खोलामा सालडाँडा बस्ने बर्ष २४ को ईश्वर बस्नेतलाई स्थानीय १४ जनाको समुहको कुटाईबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता प्रहरी निरीक्षक शंकर खड्काका अनुसार स्थानीय १४ जनाको समुहले बस्नेतलाई कुटपिट गरेपछि सख्त घाईते बनाएपछि बिहान ६ बजेको समयमा स्वास्थ्य चौकी डुबृङ रोल्पामा लगेर सामान्य उपचार गराइएको थियो ।

थप उपचारको लागि कुटपिट गर्ने समूहले दाङ तर्फ लैजाने क्रममा रोल्पा रुन्टीगढी गाउँपालिका ६ भञ्ज्याङ खोला नजिक ईश्वर बस्नेतको मृत्यु भएको पनि प्रहरी निरीक्षक खड्काले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता खड्काका अनुसार रोल्पा रुन्टीगढी गा.पा.६ सालवाङ बस्ने ६५ बर्षीय गोठे बुढा दाङबाट घर तर्फ आउदै गर्दा ईश्वर बस्नेतले बुढाको साथमा रहेको नगद ५ हजार रुपैयाँ र हातमा लगाएको घडी लुटेका थिए ।

बुढाले स्थानीयलाई यो घटना बताएपछि १४ जनाको समूहले राति १ वजेको समयमा ईश्वर बस्नेतको घरमा पुग्दा उनी झ्यालबाट हामफालेर भाग्ने क्रममा पक्राउ गरी उनीमाथि कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाले कुटपिट गरी हत्या गर्ने ६ जनालाई नियन्त्रणमा लिएको छ भने अन्य ८ जना फरार ब्यक्तिको खोज तलास कार्य जारी रहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख