२७ श्रावण २०७७, मंगलवार

वीरगन्जमा कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौं । वीरगन्जमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । बिहिबार वीरगन्जमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् ।

उनका अनुसार वीरगञ्जमा बस्दै आएका एकजना भारतीय नागरिक र वीरगंज महानगरपालिका वडा नम्बर १६ का एकजना पुरुषको मृत्यु भएको हो ।

डा सिंहका अनुसार भारतीय नागरिक असार ७ गते अस्पताल भर्ना भएका थिए । उनको हिजो दिउँसो अक्सिजनको मात्रा शरिरमा कम भएपछि भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा उपचाररत उनको राति ११ बजे मृत्यु भएको हो ।

यस्तै अर्का मृत्यु भएका कोरोना संक्रमित वीरगंज महानगरपालिका वडा नम्बर १६ का ३५ वर्षीय पुरुष हुन् । साउन १३ गते निमोनिया भएर गण्डक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनको हिजो ७ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

थप २ जनाको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख