२७ श्रावण २०७७, मंगलवार

सुनको मूल्य फेरि बढ्यो, मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

काठमाडौं । नेपालमा सुनको मूल्य आज पनि बढेको छ । आज (बुधवार) सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । मंगलवारको तुलनामा सुन तोलामा ३ सय बढेको हो ।

मंगलवार सुन ९८ हजार २ सयमा कारोवार भएको थियो । बुधवार सुनको मूल्य बढेर हालसम्मकै उच्चमा सुनको मूल्य पुगेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदाको मूल्य भने थोरै घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय २५ प्रतितोला पुगेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि बढिरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख