१९ श्रावण २०७७, सोमबार

स्याङ्जामा कार्यरत ३७ प्रहरीमा कोरोना संक्रमण पुष्टि

स्याङ्जा । स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये संख्‍या ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै कुल ३७ जना संक्रमित पुगेको हो ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिए ।

९९ जनाको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयमा एक तिहाइ भन्दा बढी जनशक्ति संक्रमित भएका हुन् । यसले सेवा प्रवाहमा नै समस्या पार्न सक्ने आँकलन गरेर प्रदेश प्रहरी कार्यालय पोखरामा एक टोली तयारी अवस्थामा राखिएको छ । स्याङ्जाका प्रहरी प्रमुख विमलराज कँडेलसहितका प्रहरी अधिकारी सेल्फ आइसोसेलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख