२७ श्रावण २०७७, मंगलवार

तनहुँमा करेन्ट लागेर युवकको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ पामर्दीमा करेन्ट लागेर आज साँझ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने २६ वर्षीय राजेन्द्र कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

खोलाबाट घरमा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएका कँडेलको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख