१९ श्रावण २०७७, सोमबार

क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

बर्दिया । बर्दियाको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । अछाम घर भएका ती व्यक्ति भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ आएका थिए ।

ती आफन्तले क्वारेन्टिनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टिनमा राखेको थियो ।

आइतबार राति आफूले ओछ्याउने तन्नाको पासो लगाई उनले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख