२७ श्रावण २०७७, मंगलवार

सेनाको कुटाइबाट मृतक चेपाङको शव पोस्टमार्टमका लागि काठमाडौँमा

काठमाडौं । नेपाली सेनाको कुटाइपछि मृत्यु भएका चितवनका राजकुमार चेपाङको शव पोस्टमार्टम गर्न काठमाडौँ ल्याइएको छ । घटना विवादित रहेको भन्दै भरतपुर अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि शव काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याइएको हो ।

बिहीबार बिहान भरतपुर अस्पतालमा २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको थियो । उनको मृत्युको कुनैपनि कारण नभई सेनाको कुटाई नै भएको परिवारको दावी गर्दै पोस्टमार्टम गर्न परीवार सदस्य मानेका थिएनन् । यद्यपि नेपाली सेनाले त्यसकाे खण्डन गर्दै  आएकाे छ ।

आइतबार (हिजो) जिल्ला प्रशासन कार्यालय चितवनमा दुई पक्षबीच भएको वार्तापछि परिवारका सदस्यहरु पोस्टमार्टम गर्न सहमत भएपछि शव काठमाडौं ल्याइएकाे हाे । शव प्रहरीले चेपाङ समुदायका चार अगुवालाइ पनि काठमाडाैं ल्याएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख