२७ श्रावण २०७७, मंगलवार

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

gold सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । एकैदिन तोलामा १२ सयले बढेर नयाँ रेकर्ड कायम भएको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रहेको छ भने तेजावी सुन ९७ हजार ६० पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी एकै दिन १०५ रुपैयाँले बढेर तोलामा १२ सय १० कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख