२ भाद्र २०७९, बिहीबार

नेपाल -भारत इनर्जी ब्याङ्किङ सम्झौता पोखरामा सम्पन्न

११ माघ, पोखरा –

बिहीवार पोखरामा सम्पन्न नेपाल र भारतका अधिकारीहरूको एउटा बैठकले ‘इनर्जी ब्याङ्किङ सम्झौता गरेको छ। इनर्जी ब्याङ्किङ नेपाल र भारतबीच बिजुली साटासाट गर्न मिल्ने एउटा सम्झौता हो।

बिहीबार साँझ नेपाल र भारतका उर्जा सचिवहरूले ‘इनर्जी ब्याङ्किङ’ सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ।

नेपाल र भारतबीच विद्युत व्यापारमा कोशेढुङ्गा हुने मानिएको उक्त सम्झौताबारे धेरैको चासो रहने गरेको छ।

उर्जा विज्ञहरूका अनुसार ‘इनर्जी ब्याङ्किङ’ भनेको नेपालमा बढी उत्पादन भएका बेला भारतलाई बिजुली दिने र भारतलाई बढी भएका बेला नेपालले लिने गरि गर्न लागिएको विद्युत वितरणको व्यवस्थापन हो।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख