८ आश्विन २०७९, शनिबार

आजदेखि पुन: अनलाइन कक्षा संचालन हुने

काठमाडौं । निजी विद्यालयमा अनलाइन कक्षा आज (८ साउन, बिहीबार) देखि सञ्चालन हुने भएको छ । बुधबार बसेको प्याब्सन, एन प्याप्सन, अभिभावक महासंघ, इस्टुलगायत संस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

प्याब्सन र एन प्याब्सनले अभिभावक संघ र इस्टुको आग्रहमा साउन आठ अर्थात् बिहीबारबाट वैकल्पिक अध्ययनको शिक्षण सुचारु गर्ने निर्णय गरेको हो ।

बुधबार सबेको प्याब्सन, एन प्याब्सन, इस्टु, अभिभावकसंघलगायतको संयुक्त बैठकको निर्णयमा भनिएको छ।

‘आफ्नो पेशागत र व्यवसायिक मर्मलाई सरकारले संशोधन नगरेको र बारम्बारको अल्टिमेटम पूरा नगरेकाले प्याब्सन र एन प्याब्सनको आह्वानमा वैकल्पिक विधिको अध्यापनसमेत बन्द गरेको सन्दर्भमा अभिभावक संघ र इस्टुको समेत आग्रहमा साउन ८ गतेबाट वैकल्पिक अध्ययनको शिक्षा शिक्षण सुचारु गर्ने’, पहिलो निर्णयमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख