६ बैशाख २०७८, सोमबार

डा.केसी विरुद्ध अनशनमा विजय थापा, शिक्षण अस्पताल बन्यो अनशनस्थल

गोर्खा आवाज।काठमाण्डौ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी १६ औं पटक अनशनरत छन्। उनी अनशन बसेकै स्थानमा उनीविरुद्ध माग राखेर विजय थापा अनशनमा बसिरहेका छन्। थापाको विरुद्धमा पनि अनशन बस्ने जनाउँदै कैलालीका खेमबहादुर मगरले अस्पतालमा ठाउँ मागेको बताइएको छ। केसीको विरोध र समर्थनमा अनशनकारी बढ्न थालेपछि शिक्षण अस्पताल अनशनस्थलमा परिणत हुने देखिएको छ।

मगरले सोमबार अनशन बस्ने ठाउँ दिन अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्कासमक्ष सोमबार निवेदन दिएका हुन्। अनशन बस्न लागेका अर्का व्यक्ति खेमबहादुर मगरले भने आफू केसीको समर्थनमा रहेको बताएका छन्। ‘मेरो अनशनमा कुनै पार्टीगत स्वार्थ छैन। स्वतन्त्र युवाको नाताले केसीको समर्थनस्वरुप अनशन बस्न चाहेको हुँ,’ मगरले दिएको निवेदनमा उल्लेख छ।

अस्पतालका कार्यकारी निर्देशक डा. खड्काले केसी र थापाको टोली बनाएर उपचार भइरहेको जनाए। उनले आफूहरु अस्पतालमा उपचार गर्न आउने बिरामीको सेवामा कमी नहोस् भन्नेतर्फ संवेदनशील रहेको समेत बताए।

अस्पतालले स्वास्थ्योपचारका लागि दिने सेवामा बन्द हडताल नगर्न र सरिक नहुन प्राध्यापक, डाक्टर, नर्सिङ कर्मचारी, प्राविधिक तथा प्रशासनिक कर्मचारीलाई सोमबार अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख