३ भाद्र २०७९, शुक्रबार

असल युवती पाएँ भने बिहे पक्का गर्छु:- निर्माता निर्देशक पाैडेल

पिता कृष्ण प्रसाद पौडेल र माता शर्मिला पौडेलको कोखबाट माघ २१ गते चितवन जिल्ला भरतपुर महानगरपालिका १४ पटिहानी जन्मिएका संजिब पाैडेल सुरज पाैडेलका भाइ हुन ।
विगत आठ वर्षदेखि निरन्तररुपमा नेपाली सिने जगतमा काम गरिहेका संजिब पौडेल । हाल एपिवानबाट प्रसारण हुने कार्यक्रम आईडिया स्टूडियोमा कार्यक्रम निर्माताको रुपमा कार्यरत पौडेलले दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरि सकेका छन् । एक दर्जन लघु चलचित्र लेखन तथा निर्देशन गरि सकेका पौडेलले बि.सं. २०७४ सालको नेपालीसेनाले आयोजना गर्ने राष्ट्रिय लघु चलचित्रको उपाधि समेत जित्न सफल भएका थिए । यति मात्रै नभई उनी बिगत पाँच बर्ष बाट संचार क्षेत्रमा लागि रहेका छन् । उनी टाईम्स् एफ.एममा कार्यक्रम प्रस्तोताको रुपमा कार्यक्रम चलाउँदै आएका छन् । अब चाँडैनै राम्रो नेपाली सिनेमाको साथमा आउन लागेको बताउने यी नै संजिब पौडेलसँग गाेर्खा अावाजमा राजेश तिमल्सिना (फ्यान्टास्टिक ब्राे )ले गर्नुभएकाे कुराकानी :

  • हाल के काममा लागि रह्नु भएको छ ?

सबै भन्दा पहिले त गाेर्खा अावाज पढ्नु हुने सबैलाई मेरो नमस्कार, हाल म एपीवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम आईडिया स्टुडियोको कामसँगै, लघु चलचित्रको छायांकन र ठुलो सिनेमा लेखन कार्यमा लागिरहेको छु ।

  • यो कलाकारिता क्षेत्रमा कसरी लाग्नु भयाे ?

हा हा हा (हाँस्दै) … राम्रो प्रश्न गर्नु भायो । प्रसंग अलि रमाईलो छ । मेरो घर चितवनमा हो । त्यहि करिब पन्ध्र सोह्र बर्ष अघिको कुरा होला । एऊटा टेलिचलचित्र अब उज्यालो तिर भन्ने शुटिङ्ग युनिट मेरो गाउँमा आएको थियो । जुन टिममा दिपक राज गिरी, प्रभाकरदेव शर्मा, कविता शर्मा आदि अग्राज कलाकार हुन्नु थियो । म अलि सानै उमेरको थिए । म उठ्ने बित्तिकै यो शुटिङ्ग हेर्न दौडि हाल्थे सायद त्यो समय देखि होला मलाई अप्रत्यक्षरुपमा यो क्षेत्रमा लाग्न प्रेरित गर्यो । म साथीहरुको अगाडि विभिन्न व्यक्तिहरुको नक्कल गर्न थाले संयोगबस मलाई काठमाण्डौ आउने मौका मिल्यो । कलेजहरुमा नाटक लेख्ने, अभिनय गर्ने गर्न थाले । कता कता बाट दिपा श्री निरौला दिदीको फोन नम्बर पाएँ फोन गरे , फोन बाटै अडिसन दिएँ , पास भएँ र तितो सत्यमा अभिनय गर्न थाल्य । बिस्तारै चिन्न जान बढ्दै गयो । हाल यो स्थान सम्म आएको छु ।

  • भने पछि यो क्षेत्रमा लागे पछि खासै संघर्ष गर्नु परेन यहाँले ?

(अलि गम्भिर मुद्रामा) त्यस्तो पनि अलि भन्न नमिल्दैन । मेरो परिवारको कोहि सदस्य यो क्षेत्रको बारेमा अनविज्ञ हुन्नु थियो । हामीले संधै काम पाउन मुस्किल थियो । काठमाण्डौको यो महंगीमा काम नगरे सम्म खान पाइँदैन् । खालि पेटले दौडिन् गाह्रौ छ । सायद म पहिलो त्यस्तो व्यक्ति होला जो कलाकार भएर लाइटमेनको काम गरिन कि, म्युजिक बजाउने काम गरिन कि, कलाकारिता बाट मात्रै बाँच्न गाह्रौ भए पछि मैले बिकल्प खोज्न थाले सायद कसैले भन्थ्यो कामले काम सिकाऊँछ । मैले धेरै काम सिक्न पाएँ । ति कामले जिविको पार्जन हुन थाल्यो । मैले धेरै कुरा बुझे खासमा आफ्नो लागि आफैले गर्नु पर्ने रहेछ । अरुले खेलाइदेला र हिट भएला भनेर सोचिन्छ भने त्यो कहिल्यै पुरा हुदैन जस्तो मलाई लाग्छ ।

  • अनि विवाहको उमेर त भयो बिहे कहिले गर्ने त ?

हा हा हा (लाजालु मुद्रामा) अहिले सम्म त त्यस्तो सोचाई आएको छैन् र राम्ररी, घर गरि खाने, मन मिल्ने मुईया (ठ्ट्यौली पारामा) फेला पारेको छैन । असल यतिको भए जिवन काट्न सजिलो हुन्छ है भन्ने युवति पाएको दिन पक्का विवाह गर्छु । तपाईलाई पनि पक्का बोलाउँछु ।

  • अबको भावि योजना के छ ?

अबको योजना मेरा एऊटा राम्रो नेपाली सिनेमा निर्माण गर्नेमा छु । हेरम कत्तिको सफल भईन्छ ।

  • म्युजिक भिडियो बनाउन पुर्ण बिराम लगाउनु भएको हो ?

पुर्ण बिराम लागेको त भन्न नमिल्ला राम्रो गीत र मैले चाहेको जस्तो कन्सेप्टमा गर्ने गीतहरु आयो भने पक्कै पनि गर्छु । किनकी मेरो आगमनै म्युजिक भिडियोबाट भएको हो । यो छोड्न सक्दिन ।

  • अन्तिममा केहि भन्न चाहान्नु हुन्छ की ?

राजेश जी तपाईलाई धन्यवाद । यदि कोहि यो क्षेत्रमा लाग्न चाहानु हुन्छ भने आउनुस् राम्रो छ । तर राम्रोसँग बुझेर आउनु होला । धेरै व्यक्ति ठगी, यौन दुरव्यावहारमा परेको घटना सुनिन्छ । यति तपाईसँग साँचै इच्छशक्ति र प्रतिभा छ भने तपाईले राम्रो गर्न सक्नु हुनेछ । तर आउनु भन्दा पहिले म को सँग काम गर्दैछु , मैले के काम गर्नु पर्ने हो । आफुले गर्ने कामको बारेमा स्प्रष्ट भएर मात्र प्रवेश गर्नु होला पक्कै तपाई सफल हुनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख