२७ श्रावण २०७७, मंगलवार

म्याग्दी पहिरो (अपडेट) : १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

पोखरा । बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए ।

शुक्रबार तीन जनाको शव भेटिएको थियो । उक्त पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ भने २३ जना अझै बेपत्ता छन् ।

धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए । उनीहरूको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख