२ भाद्र २०७९, बिहीबार

कोरोनाबाट जोगिन एक व्यापारीले लगाए सुनको मास्क

एजेन्सी । कोरोना भाइरसबाट जोगिन विश्वभरका व्यक्तिहरुले फरक-फरक विधिहरु अपनाउदै आएको प्रशस्त भेदिदै आएको छ ।

यसमध्ये मास्क त झनै अनिवार्य जस्तै भएको छ । तर भारतका एक व्यापारीले भने संक्रमणबाट जोगिन सुनको मास्क लगाउन थालेका छन् ।

पुनेका शंकर कुरहडे नाम गरेका ती व्यापारीले चार हजार अमेरिकी डलर मूल्य पर्ने मास्क लगाउन थालेका हुन् । ६० ग्राम सुनको उक्त मास्क बनाउन शिल्पकारलाई आठ दिन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपी लेखेको छ ।

४९ वर्षीय ब्यापारी पुनेकाले सुनको मास्क लगाएको देखेर अन्य मानिसहरु अचम्मित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख