२ भाद्र २०७९, बिहीबार

डा. रेणुका थापा सोलुको नारी हिंसामा आधारित सशक्त उपन्यास चिराक विमोचन

डा. रेणुका थापा ‘सोलु’ द्वारा लिखित उपन्यास ‘चिराक’ को विमोचन कार्यक्रम सम्पन्न भएको छ। प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा भएको उक्त कार्यक्रममा साहित्यकार माया ठकुरीले अध्यक्षता ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको आयोजना सगरमाथा प्रतिभा प्रतिष्ठानले गरेको थियो।

शिक्षित नेपाली समाजमा महिलाको अवस्था, प्रेमबाट जोडिएको गृहस्थ जीवन र दुरगामी प्रभाव, लैंगिक विभेद र नारीमाथि हुने घरेलु हिंसालाई मुख्य आधार बनाएर लेखिएको चिराकमा नारीहरुको समस्त अवस्थालाई चित्राङ्कन गरिएको छ। महिला हिंसाका घटना शिक्षित र सम्पन्न परिवारमा पनि उत्तिकै विकराल छ भन्ने तथ्यलाई लेखकले पुस्तकमा प्रष्ट पार्नुभएको छ।

विमोचन कार्यक्रममा बोल्दै समालोचक प्रा.डा.लक्ष्मण गौतमले पुस्तकको बलियो पक्ष नै शिक्षित परिवारभित्रको महिला हिंसा उजागर भएका पाटो रहेको टिप्पणी गर्नुभयो । चिराक माथी प्रकाश पार्दै समालोचक तथा साहित्यकार डा. ज्ञानु पाण्डे ले भन्नू भयो चिराक सम्पुर्ण दबिएका नारिको प्रतिनिधित्व हो ।
चिराक महिलाको पक्षमा वकालत गर्ने एक शशक्त उपन्यास भएको ले यस्ले सम्पुर्ण नारी आन्दोलनको समर्थ गरेको छ।

यौन मनोविज्ञान, पुरुष प्रधान समाज र मानसिकताले जकडिएको समाजका खराब पक्षलाई पुस्तकमा पृथक रुपमा समेटिएका कारण पुस्तकको लोकप्रियता बढ्ने समालोचक साहित्यकार गिता केशरीले बताउनुभयो ।
यस्तै अर्का समालोचक प्रा.डा.ज्ञानु पाण्डेले नारी र पुरुष समाजका समान हैसियतका पात्र भएकाले उनीहरुको अधिकार र स्वतन्त्रता पनि बराबरी हुनुपर्ने बताउनुभयो ।

त्यस्तै ‘गुलाफ फूल्न खोज्दा’ आत्मसंस्मरण, ‘अस्तित्वको खोजी’ कथासंग्रह, ‘उपन्यासकार विपीका नारीपात्रमा नीति चेतना’ समालोचना लगायत १२ वटा कृतिहरु प्रकाशित छन् भन्ने विभिन्न अनुसन्धानमुलक लेखहरु समेत प्रकाशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख