२८ असार २०७७, आईतवार

गोरखाको बोर्लाङमा एक युवतीले गरिन् आत्महत्या

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं.७ स्थित बोर्लाङमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । गएराति पटुकाको पासो लगाएर बोर्लाङ पोखरीडाडाँकी २८ बर्षिय स्थानीय बासिन्दा सपना रोकाले आफ्नै घर भित्र झुण्डिएर आत्महत्या गरेकी हुन् । उनको श्रीमान् सहित २ छोरी र एक छोरा छन् ।

घरमा श्रीमान् र अन्य परिवार सुतिरहेको बेला रोकाले आफ्नै पटुकाले पासो लगाएर झुण्डिएको अबस्थामा शव भेटिएको भिमसेन थापा गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । खाना खाएर सुतेकी रोका राती आफ्नै दोश्रो घरभित्र झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले शवको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि जिल्ला अस्पताल, गोरखा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
समाचार प्रमुख