२८ असार २०७७, आईतवार

१३ वर्षीया आफ्नै छोरीमाथि बलात्कारको आरोपमा बाबु पक्राउ

रुकुम । बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सल्यानको शारदा नगरपालिका–१२ का ३९ वर्षीय एक पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

घरमा कोही नभएको मौका छोपेर ती बाबुले छोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरिएको छ ।

उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक ओलीले बताए । उनलाई घर नजिकैबाट उनलाई पक्राउ गरिएको प्रहरीले बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
समाचार प्रमुख