२८ असार २०७७, आईतवार

आज सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ ?

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९० हजार ६ मा कायम भएको छ ।

बिहीबार सुन ९१ हजार १ सयमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार एक सय ६० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य ९ सय ४० रुपैयाँमा पुगेको छ। यो अघिल्लो दिनको तुलनमा प्रतितोला ५ रुपैयाँ महँगो हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
समाचार प्रमुख