२४ असार २०७७, बुधबार

कास्मिर भीडन्तमा गोली लागेर एक गाेरखा सैनिकको मृत्यु

काठमाडौँ । भारत र पाकिस्तानको विवादास्पद सीमाक्षेत्र काश्मिरमा गोली लागेर एक गाेरखा सैनिककाे मृत्यु भएको छ । भारतीय गोर्खा सेनामा कार्यरत गुल्मीका दीपक कार्कीको श्रीनगरमा आइतबार मृत्यु भएको हाे ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले कार्कीको श्रीनगरमा आइतबार मृत्यु भएको बताएका छन् । स्रोतका अनुसार आइतबार भएको घटनामा तीन जनाको मृत्यु भएको थियो । त्यसको दुई दिनअगाडि भएको अर्को घटनामा आठ जना विद्रोहीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
समाचार प्रमुख