२ भाद्र २०७९, बिहीबार

हानद्वारा सामूहिक दवावमूलक कार्यक्रम

हेल्थ असिस्टेन्ट संघ नेपाल ( हान) ले विगत नौ दिनदेखि सामूहिक दवावमूलक कार्यक्रम गर्दै आएका छ। सि अहेवलाई स्वास्थ चौकीको प्रमुख बनाउनेगरी मन्त्री परिषदले गरेको निर्णयप्रति चेतावनी दिदै उक्त निर्णय तत्काल फिर्ता गर्न सरकार समक्ष आग्रह गरेको छ।सरकारले प्रस्तावित दरबन्दी संरचना फिर्ता नगरे देशभरका स्वास्थचौकी ठप्प पार्ने, नियुक्ति पत्र जलाउने सामूहिक राजीनामा दिने र अझै कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।हेल्थ असिस्टेन्ट संघले शुक्रबार स्वास्थ तथा जनसंख्या मन्त्रालयमा सोही विषयलाई लिएर वार्ता गरेको थियो । मंगलबार मन्त्रालय परिसरमा धर्ना गरेका हेल्थ असिस्टेन्टहरुलाई बुधबार मन्त्रालय प्रवेशमा रोक लगाइएको थियो।मंगलबार पनि एचएहरुको दवाव कार्यक्रम चलिरहेकै समयमा अचानक प्रहरीले हस्तक्षेप गर्दा केहीबेर स्थिती तनावमय बनेको थियो । मन्त्रालय परिसरभित्र होहल्ला र धर्ना गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो ।एचएहरुले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको संगठन संरचना खारेजीको माग गरेका छन्।देशकै सिङ्गो स्वास्थ प्रणालीलाई धराशायी बनाउने गरी प्रस्तावित दरबन्दी संरचनाले कर्मचारीविचमा मनमुटाव हुनुका साथै स्वास्थ क्षेत्रमा गम्भीर असर पर्ने संघका सल्लाहकार गोविन्द गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख