३ भाद्र २०७९, शुक्रबार

सुरूका गितहरू सबै सहिद भए : लाेक गायक किरण

२०५२ असार २६ गते स्वर्गीय पिता कृष्णप्रसाद गाैतम र माता कमाला गाैतमकाे काेखबाट बेथानचाेक गाउपालिका २ ढुंखर्कमा जन्मनुभएका काठे क्षेत्रका जल्दाबल्दा गायक किरण गाैतमसगकाे कुराकानी :

*.तपाईकाे दिनहरू कसरी वित्दै छ ?
:- गित संगित मै लागिराको छु!दाेहाेरी साझमा गित गाउछु, एक दुई वटा नयाँ एल्वम को तयारी मा छु! अनि अलि अलि कार्यक्रम तिर भिडियाेकाे शुटिङ तथा स्टेज कार्यक्रममा व्यतित छु।

• कलाकारिता क्षेत्र नै राेज्नुकाे कारण के हाे?
:-नशा नशा रगत रगत मा नै संगित थियो नि बच्चै देखि!सानैदेखि टिभिकाे भित्तामा अनुहार देखाउने र परिवारसंगै बसेर हेर्ने चाहाना तिब्र थियाे।गाउघरमा विवाह वर्तमन्ध जस्ता शुभकार्य हुदा लाेकदाेहाेरि गित गाउन बाेलाउनु हुन्थ्यो ।

*.कलाकारिता क्षेत्रमा प्रवेश गर्न कस्ले प्रेरणा दिनुभयाे?
:-म यो क्षेत्र मा आउन धेरै जना को हात छ! बिशेष , नमराज ढुंगाना मेरो आफ्नै अङ्कल हुन्हुन्छ, हरि घिमिरे दाई, शिवराम न्यौपाने दाइ अनि सुमन सापकोटा भेना लाई सम्झन चाहन्छु! र बिशेष सम्पुर्ण दर्शक श्रोता को माया ले अझै धेरै प्रेरणा र हौसला मिलेको छ!
*.कलाकारिता क्षेत्रमा प्रवेश गर्दा केके चुनाैति झेल्नु भयाे?
:-चुनाैति र हन्डरले नै मानिसलाई पाकाे बनाउछ भन्थ्ये चुनाैतिले मलाई पनि व्यवारिकता बनाएकाे छ , कला र गला दुवै भए पनि कति मानिसले आफ्नाे प्रतिभा देखाउने ठाउँ पाएकाे हुदैन ,मलाई पनि त्यस्तै भयाे, चुनौती त अलि अलि भैहाल्छ! सुरुमा एक दुई वटा गितहरु त सहिद नै भए! पछि बिस्तारै गित हरु चले! चले पनि बिबाद मा तानियो! पारिवारिक जिम्मेवारी पनि हेर्दै अनि कलाकरिता मा पनि संघर्ष गरिररहदा चुनौनी त भैनैहाल्छ!यस्तै हो हरेक काम मा चुनौती त भैहाल्छ नि!

*.याे क्षेत्रमा लाग्दा कमाई चाहिँ कतिकाे हुनेरहेछ?
:-हाहा कमाइको कुरा चैँ अलि नगरम होला! सबै मेराे आफ्नै शब्दमा निर्माण भएकाे गित भएर हाेला रेकर्डिङ भिडियाे निर्माण गर्दा खर्च पनि उतिकै भएकाे छ , अब ठ्याक्कै भन्दा अलि लै स्टेज प्रोग्राम बाट कमाइ भैराको छ! रोधी तिर पनि गाइन्छ! खान लाउन पुग्या छ भनम न! मेरा आवश्यकता सहज ढंगबाट पूरा भएकाे छ ,सन्ताेष जनक हिसाबकाे कमाई छ, पैसा भन्दा पनि मान सम्मान र इज्जत कमाउन सफल भएकाे छु खुसि छु।
:-
• अहिलेसम्म कतिवटा गितसंगितमा स्वर भर्नु भयाे ?
:-मेराे आफ्नै लय शब्दकाे गित ६-७ वटा भयाे ,”काभ्रे जिल्ला मायाकाे लालकिल्ला “चटक्कै “मुसिफरार भकि छे ” बाेलका गितले चाहिँ मलाई परिचित र गायक भनेर चिनाउन सफल भयाे तत्काल भिर माैरीबाेलकाे गित पनि सुपरहिट भयाे ,अब चाडै अर्काे गित बजारमा ल्याउदै छु।

• कार्यक्रमकाे शिलसिलामा.देश विदेशकाे यात्रा कतिकाे गर्नु भएकाे छ ,कुनकुन ठाउमा जानू भयाे ?
:- व्यक्तिगत हिसाबले कामकाे शिलसिलामा साउदी कतार गए र तर सांगितिक कार्यक्रम मा अहिले सम्म छैन! तर कतारकाे बसाईमा विभिन्न संघसस्थाकाे कार्यक्रममा अाफ्नाे प्रस्तुति गर्न पाए ,त्याे अबसर जुटाईदिनुहुने काभ्रेपलान्चोक सेवा समाज दाेहा कतारलाई धन्यवाद ,नेपालकाे चाहिँ कुसादेविबाट पहिलेा स्टेजकाे कार्यक्रममा जाने अवसर मिलेकाे थियाे।अहिले चाहिँ दाेहाेरी साझमा गित गाउनेगरेकाे छु ,विभिन्न स्कुल कलेजका कार्यक्रममा जाने गरेकाे छु।

*लभ पर्याे कि छैन ?कस्ताे जीवन साथिकाे खाजिमा हुनुहुन्छ?
:- लप को चैँ कुरा नरम कि, तर मलाई नै कमाएर पाल्ने जिवनशाथी मिलोस भन्ने चाहना छ! हाहाहा

• देशमा बलत्कारकाे घटना दिनानु दिन बढ्दै छ नि यसमा हजुरकाे भनाई कस्ताे छ ?
:-साेजाे मान्छेले त्यस्ताे हर्कत गर्न सक्दैन ,बलत्कार त्यसले गर्छ जाे मान्छेकाे नाममा कलङ्क साबित भएकाे हुन्छ,घास खाना गाराले मान्छे बनेकाहरू बलत्कार घटनामा सामेल भएका हुन ,तिनिहरूलाई सरकारले फासिकाे अबधारणा ल्याउन जरूरि देखिन्छ।

फुर्सदकाे समय कसरी सदुपयाेग गर्नु हुन्छ?
:-श्राेताहरूसंग नजिक हुनकाे लागि फेसबुक लाईभबाट गित सुनाउने ,कुराकानी गर्ने गर्छु,नया लय शब्दहरू साेचेर लेख्ने
*तपाईं चन्चले स्वभावकाे हुनुहुन्छ ,नया मान्छेसंगकाे घुलमिल कस्ताे छ ?
:-म जाेसंग पनि प्रस्ट कुरा गर्छु ,फ्यान्कि छु ,साथि बन्न मलाई खुब मन पर्छ त्यसैले हाेला सायद मेरा साथि धेरै भएका ,नया परिवेशमा चाडै साथित्व कायम गर्छु घुलमिल हुन गाह्राे पर्दैन।

*तपाईंको नराम्रो बानी कुन हाे?
म जाेसंग पनि चाडै रिसाउछु र पछि पछुताउछु।

अन्तिममा के भन्नुहुन्छ ?
:- दर्शक र स्राेताकाे अपार मायाले लाेक गायक किरण गाैतम भनेर चिनाएकाे छ ,मलाई मात्र हाेईन कलाकारिता यात्रामा लाग्नु हुने सबैलाई अझै धेरै माया गर्दिनु हाेला अहिले सम्म जोर शंख, मुसि फरार, भोड्का, चटक्कै,काभ्रेजिल्ला मायाको लालकिल्ला, चट्ट पिरिम गरि छ वोटा भयो! तत्कालै भिरको मौरी बाेलकाे गित रिलिज गरे, “लाग्छ माया डल्लिमाेरी“काे अस्ति रेकर्ड सकियाे ,पहिले का गित हरु जस्तै माया गर्दिनुस है!विशेष धन्यवाद राजेश तिमल्सिना ज्यु र गाेर्खा आवाज परिवारलाई दिन चाहान्छु, मेरा थुप्रै नया गितकाे भिडियाेहरू बजारमा आउदै छ हेरेर साथ दिनुहाेला भन्नचाहन्छु धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख