६ आश्विन २०७९, बिहीबार

तपाइलाई थाहा छ, पृथ्वीबारे १५ रोचक तथ्य ?

काठमाडौं । पृथ्वीको उत्पत्ति आजभन्दा साढे चार अर्ब वर्ष पहिले भएको अनुमान गरिएको छ। यसको समग्र आयु भने १२ अर्ब वर्ष रहेको मानिन्छ। यसको आयु अझै ७।५ अर्ब वर्ष बाँकी रहेको छ। यसको भूमध्यरेखीय व्यास १२,७५६ किलोमिटर रहेको छ भने ध्रुवीय व्यास १२,७१४ किलोमिटर रहेकोले भूमध्यरेखीय व्यास ध्रुबीय व्यासभन्दा ४२ किलोमिटर बढी रहेको छ।पृथ्वीको सतहमा ९६० किलोमिटर माथिसम्म वायुमण्डल फैलिएको छ । वायुमण्डलको सबैभन्दा गह्रौँ ग्याँस कार्बनडाअक्साइड हो, सबैभन्दा हलुका ग्यास हाइड्रोजन हो ।

पृथ्वीमा सबैभन्दा बढी पाइने धातु आल्मुनियम हो। पृथ्वीको दक्षिणी गोलार्धलाई जल गोलार्ध भनिन्छ। पृथ्वीको आन्तरिक बनौटलाई ३ भागमा विभाजन गर्न सकिन्छ। ती हुन् स्थलमण्डल, मध्यमण्डल र केन्द्रमण्डल । बाह्य तह (स्थलमण्डल) मा सिलिका (Silica) र आल्मोनियम (Almunium) को प्रधानता हुने हँदा यसलाई SIAL तह पनि भनिन्छ। यसको भित्री तहमा बेसाल्ट धातु समेत रहेको हुन्छ। बाह्य तहको मोटाई महाद्धीपीय भागमा ६० किलोमिटर र महासागरीय भागमा २० किलोमिटर देखि ० किलोमिटर सम्म रहन्छ ।

यसको औषत घनत्व २.७५ ग्रामदेखि २.९ ग्राम प्रतिघन सेन्टिमिटर रहेको छ। यसले पृथ्वीको १६ प्रतिशत भाग ओगट्दछ।स्थलमण्डल (बाह्य तह) देखि मुनि र केन्द्रमण्डलबाट माथिको पृथ्वीको बीचको भागलाई मध्यमण्डल भनिन्छ। यसको मोटाई ६० किलोमिटरदेखि २९०० किलोमिटरसम्म रहेको छ। यसको भागमा Silica र Magnesium धातुको प्रधानता भएको हुँदा यसलाई SIMA तहको नामले चिनिन्छ। यसले पृथ्वीको ६८ प्रतिशत भाग ओगट्छ। यसको तहको घनत्व औसतमा ३.१ देखि ५.० ग्राम प्रतिघन सेन्टिमिटर रहेको छ ।

पृथ्वीको सबैभन्दा भित्री भागलाई केन्द्रमण्डल भनिन्छ। यस तहमा Nickel र erium को प्रधानता हुने हुँदा यसलाई NIFE नामले समेत चिनिन्छ। यसको मोटाइ २९०० किलोमिटर देखि ६३७१ किलोमिटरसम्म रहेको छ। यस तहको घनत्व ५.१ देखि ११ ग्राम प्रतिघन सेन्टिमिटरसम्म रहेकोे छ। यसले पृथ्वीको १६ प्रतिशत भाग ओगट्दछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख