२ भाद्र २०७९, बिहीबार

नेपालमा ६० जना पुरुषले नर्सिङ विषय अध्यन गर्दै

काठमाडौ, माघ २ –  नेपाल सरकारले नेपालमा पनि पुरुषले नर्सिङ विषय अध्ययन गर्न पाउने बाटो खुला गरेपछि प्राविधिक शिक्षा तथा व्यायसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत ६० जना पुरुष पिसिएल नर्सिङ अध्ययन गरिरहेका छन्।

नेपाल नर्सिङ काउन्सिलले चालु शैक्षिक सत्र २०७५\ ७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरे अनुसार सिटिइभिटी अन्तर्गतका ३० भन्दा बढी कलेजहरुमा ६० जना पुरुष विद्यार्थीहरु नर्सिङ अध्ययन गरिरहेका छन् ।

सिटिइभिटी अन्तरगतका विभिन्न नर्सिङ कलेजहरुमा रजिस्टेसन गर्ने क्रममा नर्सिङ अध्ययनका लागि २ सय ४३ जना पुरुषले आवेदन दिएका थिए। आवेदन दिनेमा महिला र पुरुष गरी कुल १३ हजार ४ सय ७६ जनाको आबेदन परेको थियो।

आवेदन दिएकामध्ये ६० जना मात्र अध्ययनका लागि कलेज भर्ना भएको सिटिइभिटीले जनाएको छ। भर्ना भयकाहरु मध्ये काठमाडौ, भक्तपुर ,ललितपुर, बाके, चितवन, मोरङ, धनुषा, कंचनपुर, कास्की, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, मकवानपुर, पाल्पा र रौतहटका विभिन्न नर्सिङ कलेजहरुमा अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख