२ भाद्र २०७९, बिहीबार

कुन रुद्राक्ष धारणा गर्दा कस्तो फाईदा, हेर्नुहोस तपाई दङ्ग पर्नु हुनेछ

पौराणिक र प्रचलित मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उत्पत्ति भएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ। रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता बृध्दि हुने गरेको धार्मीक आस्था रहेको छ। रुद्राक्षले सफलता, धन-सम्पति, मान-सम्मान प्राप्तीका लागि ठुलो भुमीका खेलेको हुन्छ। तर हरेक मानिसको चाहना अनुसार रुद्राक्षको अलग-अलग धारण गर्ने गरिन्छ। यो भगवान शंकरको सबै भन्दा प्रिय बस्तु मानिन्छ।

रुद्राक्ष धारण गर्नुका निम्न फाइदाहरु छन:-

१, एकमुखी रुद्राक्षमा भगवान शिवको स्वरुप रहेको हुन्छ, यसको धारण गर्नाले धन सम्पति प्राप्त र मोक्ष आदिको प्राप्ति हुन्छ।
२, दुईमुखी रुद्राक्षको अर्धनारीश्वर (शिव र पार्वतीको) स्वरूप मानिन्छ,यसको धारण गरेमा मान-सम्मान एंव मोक्षको प्राप्ति हुन्छ,अधिकाश रोगहरुको निवारण हुन्छ।
३, तीनमुखी रुद्राक्ष ब्रह्मा-विष्णु-महेशको स्वरूप मानिन्छ,विद्या प्राप्तको लागि यसको धारण गरेको सर्वश्रेष्ठ मानिन्छ।
४,चारमुखी रुद्राक्ष ब्रह्माको स्वरूप हो,धर्म, अर्थ, काम एंव मोक्ष प्राप्ति गर्ने इच्छा राख्नेहरूले यसको धारण गर्नु लाभदायक हुन्छ।
५, पाँचमुखी रुद्राक्ष साक्षात शिवको रुप हो,राम्रो स्वास्थ्य, दुख-कष्ट निवारण गर्न ५ मुखे रुद्राक्ष धारण गरिन्छ।
६, छमुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप भएको मानिन्छ। यसको धारण गरेमा समस्त पापहरु नाश गर्नको लागि श्रेयस्कर मानिएको छ। काम, क्रोध, लोभ, मोह आदि नियंत्रणको लागि यो उत्तम रहेको मानिएको छ।
७, सातमुखी रुद्राक्ष सप्तर्षिको प्रतिक मानिन्छ यसले ऐश्वर्य बढाउँन मद्दत गर्दछ र मृत्युको कष्टबाट पनि छुटकारा दिलाउछ।
८, आठमुखी रुद्राक्षको भगवान गणेश र बटुक भैरव स्वरूप मानिन्छ।लामो आयुको कामनाको लागि यसको धारण गर्नु उत्तम हुन्छ ।
९, नौमुखी रुद्राक्ष भगवती दुर्गा स्वरूप हो। धर्मराज (यम)को समेत रूप मानिएको छ, यसको धारणले व्यक्तिको वीरता, साहस, सहनशीलता एंव पराक्रममा वृद्धि हुन्छ।
१०,दशमुखी रुद्राक्ष भगवान विष्णुको स्वरूप भनिएको छ।सन्तान नभएकाहरुले सन्तान प्राप्तिको कामना राख्दै यसको धारण गर्नु उपयुक्त हुन्छ ।
११,एघारमुखी रुद्राक्ष साक्षात रुद्र स्वरूप हो,यस रुद्राक्षको धारण गर्ने व्यक्तिले सफलता एंव विजयको साथपाउछ।
१२, बाह्ररमुखी रुद्राक्ष सबै समस्याको समधान गर्ने रुपमा चिनिन्छ यसले रोग नाश र लाभप्रदान गर्दछ, जसलाई सूर्यस्वरुप मानिन्छ ।
१३, तेह्रमुखी रुद्राक्ष इन्द्रको स्वरूप भएको मानिन्छ,यसले धन-सम्पत्ति, सौभाग्य एंव कामना पूर्ति गर्ने विस्वास गरिन्छ ।
१४, चौधमुखी रुद्राक्ष हनुमानको स्वरूप भएको मानिन्छ यसको धारणले सबै पापको नाश एंव दुखबाट मुक्ति दिने र आरोग्यता प्रदान गर्दछ ।

रुद्राक्षलाई सही ढंगले उपयुक्त साइत जुराएर विधिपूर्वक धारण गरियो भने अवस्य पनि शुभ फल प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख