२ भाद्र २०७९, बिहीबार

खाली पेट मनतातो पानी खानुका १० फाइदा :

१. नियामित मनतातो पानी खाँदा पाचन प्रणालीलाई सुधार गर्छ ।

२. छाला चमक हुन्छः दैनिक बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउदा छालालाई स्वस्थ बनाउछ । अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउछ ।

३. कपाल स्वस्थ बनाउछः मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।

४. पेटका विकार हटाउँछः मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।

५. पेटको दर्द हराउँछः नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।

६. कब्जियतबाट मुक्तः नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ ।

७. वजन घट्छः दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।
८. संक्रमणबाट बचाउँछः मनतातो पानी पिउदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।

९. एसिडिटीबाट बचाउँछः नियमित मनतातो पानी पिउदा शरीरमा एसिडिटिको सम्भावना हुदैन ।
१०. खाली पेट मनतातो पानी खानु विभिन्न रोगबाट बच्नु पनि हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख