२ भाद्र २०७९, बिहीबार

सोसियल मिडिया र वेबसाइट ह्याक : कसरि हुन्छ पासवर्ड चोरी ?

अचम्म मान्नु पर्दैन, तपाइको फेसबुक लगायत सबै नेट संग जोडिएको संजाल ह्याक हुन सक्छ । नेपाल IT क्षेत्रमा कमजोर छ त्यहि कमजोरीको फाइदा उठाउदै समाजमा गलत कार्य गर्दै आएको धेरै जना हामीमाझ नै छन् । त्यस्ताको पहिचान गर्न हामिलाइ गाह्रो छ । एक नागरिकको फेसबुक आइडी ह्याक भएर उजुरी गर्दा प्रशासनले केहि नगरिदिदा राज्यको सुरक्षा प्रणाली बाटै नेपालमा IT शिक्षाको बारेमा प्रष्ट बुझ्न सकिन्छ ।

काली लिनिक्स, पाइथन जस्ता धेरै कम्प्युटर प्रणालीमा प्रयोग हुने कम्प्युटर भाषाहरु अचेल विभिन्न अनलाइन क्लासहरुबाट सिकाउछ । IT सम्बन्धि लगाव हुनेहरुले अनलाइन कोर्स गर्छन र आफ्नो फाइदाको लागि प्रयोग गर्छन । तर सकारात्मक काममा प्रयोजनको लागि राज्यले कुनै रणनीति नल्याउदा ती ज्ञानहरु गलत रुपमा प्रयोग भएको हामीले महसुस गर्न सक्छौ । ह्याकरहरू आफ्नै संजाल बनाउछन र कमजोरी खोज्दै हिड्छन । अचेल केहि ह्याकरहरू श्याड़ोवेब चलाएर फेसबुकको पासपोर्ट चोरी गरेको घटनाहरु सामाजिक संजालतिर बुझ्न सकिन्छ । एक लिंक पठाउछ क्लिक गरे पछी सब चोरी गरेर पैसाको डिमाण्ड गर्छन । यस्तै घटना ३ महिना पहिला चेत तामाङ्गमाथि घटेको थियो । त्यसरी नै घटनाहरु तिव्र रुपमा घटी रहेछन् तर सरकार मौन छन् ।

केही समय पहिले कलाकारहरुको धेरै मात्रामा फेसबुक ह्याक भयो । र धेरै उजुरी कलाकार र साहित्यकारहरुको परेको नेपाल सरकारको तथ्याङ्कमा उल्लेख गरिएको छ । किन भयो कलाकारको मात्रै ह्याक ? प्रश्न उभिन्छ ! हामी सजिलै अनुमान लाउन सक्छौ । कला र साहित्य क्षेत्र ग्ल्यामर क्षेत्र हो यहा समाजले अस्विकार गरेको घटना घटीरहन्छ भनेर पत्रपत्रिका खुब प्रचार गर्छन ।

यहीँ कमजोरी खोतल्न ह्याकरहरू तिवर रुपमा संचालित छन् । भारतको एक राज्यमा भारत विरुद्ध केही गर्न नदिन एक भूमिगत ह्याकर समुहले पाकिस्तानको सर्भर ह्याक गरेर राज्यलाई सहयोग गरेको घटना एकसमय चर्चामा थियो । हाम्रो नेपालमा पनि त्यस्ता ह्याकरहरु जन्मिएलन त ? जसले समाजको लागि सोच्ने होस् ।

१८ बर्षको एक केटोले केही वर्ष पहिला २०० ओटा सरकारी वेबसाइट ह्याक गरेको थियो । ती सबै पक्कै पनि एक्लै त् थिएन होला । हो विस्वास गर्नुहोस या नगर्नुहोस, तपाइको पनि सामाजिक संजाल ह्याक हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख