२४ असार २०७७, बुधबार

अचम्म ! ठूलो प्लास्टिकको झोला भित्र बसेर बाढीमा वारपार

काठमाण्डौ । नेपालका विकट पहाडि जिल्ला तथा हिमाली जिल्लाका कतिपय स्थानमा पुल नहुदाँ मानिसहरु तुइनबा आवातजावात गरेको देख्नु/सुन्नु भएको होला । तुइनमा झुण्डिएर अवातजावत गर्दा मानिसको खसेर मृत्यु हुने जोखिम उच्च हुन्छ । पहाडि वा हिमाली मात्र होइन तराइका पुल नभएका खोलानाला पार गरेर विद्यालय जाने विद्यार्थीलाई बर्षामा निकै चुनौती हुने गरेको छ ।

यहि समस्याको शिकार बनको भियतनामका एक गाउका विद्यार्थीहरु प्लास्टिक भित्र थुनिएर खोला वारपार गर्न बाध्य छन् । हरेक बर्षामा उत्तरी भियतनामको हुओई हा गाउँमा स्कुले विद्यार्थीहरु ज्यान जोखिममा पारेर नदी पार गर्दछन् । वर्षाको मौसम लागेसंगै खोलामा आउने बाढिका कारण सुख्खा कपडामा विद्यालय पुग्न नसक्ने भएपछि उनिहरुले स्कुल पुग्न प्लास्टिकभित्र पसेर नदी पार गरेका हुन् ।

खतरनाक भएपनि पुल नहुदा विद्यालय जान विकल्पका रुपमा बाढिको बहावमा प्लाष्टिक भित्र पसेर विद्यालय आउने जाने गर्दछन् । तर यस्तोमा पनि प्लाष्टिक सहित नै विद्यार्थी बगाउने वा बन्द प्लाष्टिकमा नै विद्यार्थी बेहोस् भने जोखिम रहदै आएको छ । विगत लामो समयदेखि स्थानियले त्यस क्षेत्रमा पुल बनाउन सरकारलाई आग्रह गरीरहेका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
समाचार प्रमुख