३१ असार २०७७, बुधबार

तपाईँको यौ न सम्पर्क कति लामो समय टिक्छ ?

एजेन्सी । यौ न क्रियाकलापको बारेमा धेरैका धेरैथरी मत छ । र, खासमा यो व्यक्तिको निजी मामिला पनि हो । तर, यहि विषयलाई लिएर व्यक्तिले धेरै टाउको दुखाईरहेको पाइन्छ । कि खासमा शारीरिक क्रियाकलापमा सहभागी हुँदै गर्दा कति समयमा स्खलन हुनु सामान्य हो भनेर । नेपालमा यसको अनुसन्धान भइसकेको छैन तर पश्चिमा देशमा भने यौ न क्रियाकलाप गरिरहेका पार्टनरबीचको सामान्य से क्स अवधी छुट्याएको छ ।

अमेरिकी र क्यानेडियन यौ न चिकित्सकहरुले गरेको अध्ययनले सामान्य अवस्थामा यौ न क्रियाकलापमा लिप्त भएका पार्टनरबीच ३ देखि १३ मिनेटसम्ममा सन्तुष्टी पाइसक्ने छन् । अर्थात ३ देखि १३ मिनेटको बीचमा उनीहरु स्खलित भइसक्ने छन् ।यो अध्ययनमा यौ न चिकित्सक, मनोचिकित्सक, फिजिसियन, सामाजिक कार्यकर्ता, निजी चिकित्सक तथा नर्सहरु गरी ५० जनालाई सहभागी गराईएको थियो । जसले हजारौँ विरामीहरुलाई दशौँ बर्ष देखि हेरिरहेको छ । र उनीहरुको यौ न क्रियाकलापबारे समेत बुझेको छ ।

उनीहरुका अनुसार समान्यत यौ न सम्पर्क शुरु गरेको व्यक्ति ३ देखि ७ मिनेट भित्रै स्खलित हुनसक्छ । यो अवधीलाई उनीहरुले पर्याप्तता भनेका छन । त्यस्तै यौ न सम्पर्क शुरु भएको ७ देखि १३ मिनेटसम्म टिक्नेलाई अत्यन्त आनन्ददायी से क्स भनेका छन् । यदि कोही व्यक्तिले १ देखि २ मिनेट भित्र स्खलित भयो भने त्यो अत्यन्तै छोटो अवधीको से क्स र १० देखि ३० मिनेटसम्म पनि स्खलित भएन भने त्यो अत्यन्तै लामो अवधीको से क्स भनेर उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
समाचार प्रमुख