६ कार्तिक २०७८, शनिबार

के कारणले बढ्दै छ बलात्कार, कसरी गर्न सकिन्छ नियन्त्रण ?

काठमाडौं –

बलात्कार अहिलेको एक चर्चाको विषय हो । बलात्कार शब्दको अर्थ इच्छा विपरीत जबर्जस्ति वा सम्भोग गर्ने काम वा बलपूर्वक सतित्व नष्ट पार्ने काम हो । सामान्यतया बलात्कार महिलामा मात्र हुने ठम्याई छ, र सबै भन्दा बढी बलात्कार देखिने पनि स्त्रीमा नै हो । तर पनि के बुझ्न जरुरी छ भने बलात्कार महिला वा पुरुष जो कोहिमा हुन सक्दछ ।

बलात्कार कसैको इच्छा विपरीत दबाबमा राखी, ललाई फकाई , बल्याकमेल गरी, कसैलाई सकसमा पारी ऊबाट यौन आनन्द लिने र यौन क्रिडा पूरा गर्ने एक प्रक्रिया हो । यसरी हेर्दा बलात्कार खराब यौन मानसिकता र यौन आवेगलाई नियन्त्रण गर्न नसकी सृजित हुने एक समस्या हो । यसलाई प्रशय दिने काम समाजका केही संयन्त्रले गरेको देख्न पाइन्छ।

‘मर्दकी सात वटी स्वास्नी’, ‘आइमाई भनेको ओछ्यान हो’, ‘खुट्टा भए जुत्ता जति पनि मिल्छ’ भन्ने जस्ता समाजमा प्रयोग हुने उखान शब्दहरूले प्रशय दिने गरेको देखिन्छ। यस्ता शब्द उखान समाज भेग र सम्प्रदाय अनुसार फरकफरक हुने गरेको पाइन्छ । यसरी हेर्दा बलात्कारलाई सामाजिक मुद्दा र मानसिक समस्या देखिन्छ ।

बलात्कारका सामान्य कारण:

बलात्कारका कारण धेरै हुन्छन् । व्यक्ति विशेष फरक कारण पाइएलान् तर यहाँ समग्रमा मूल दुई कारणलाई हेर्ने प्रयास गरिएको छ ।

१ यौन आबेग र मानसिक असन्तुलन
२ सामाजिक, सांस्कृतिक र आर्थिक पक्ष

यौन आबेग –

बलात्कारको एक प्रमुख कारण हो यौन आबेग । यो मानिसमा भएको एक शक्ति वा क्षमता हो । यस्लाई दुई भागमा बाडेर हेरिने गरिन्छ :-

क) प्राकृति यौन आबेग

प्राकृतिक यौन आवेग भन्नाले प्राकृतिक रूपमै प्राप्त हुने यौन उत्तेजना हो । जसलाई जन्मजात यौन उत्तेजना भन्न सकिन्छ । यस्तो प्रकारको उत्तेजना निश्चित समय स्थान र अवस्थामा मात्र प्राप्त हुन्छ । यो कुनै यौन साथीको स्पर्श , कुनै प्रकारको यौन हाउभाउले गर्दा व्यक्तिमा आउने यौन उत्तेजना हो । यस्तो प्रकारको उत्तेजना आउन बाह्य कुनै प्रकारको औषधि वा यौन उत्तेजक बस्तुको प्रयोग गर्नु पर्दैन ।

यो निश्चित समय स्थान र अवस्थामा केन्द्रित हुने हुन्छ । साथै किशोर किशोरीमा बढ्दो उमेरको प्रभाव सङ्गै शारीरिक र मानसिक परिवर्तनले यस्तो प्रकारको उत्तेजना पैदा हुने गर्दछ । यस्ता यौन उत्तेजना नियन्त्रण गर्न सजिलो हुने देखिन्छ । र यस्ता उत्तेजना ले बलात्कारमा खासै ठुलो भूमिका खेल्दैन ।

ख) मानसिक समस्या

विशेष गरी यसमा यौन मानसिक अवस्थाको कुरा हेर्दा, यसमा विकृत यौनका पक्षहरूलाई समावेश गर्न सकिन्छ ।

[ ] उग्र यौनाबेग
[ ] असामान्य बस्तु बाट यौन उत्तेजना
[ ] कसैलाई आफ्नो बनाउने प्रयास गर्नु
[ ] आधिपत्य जमाउने मनासय
[ ] दुस्मनी
[ ] बदलाको भाव
[ ] एकोहोरो प्रेम

आदि जस्ता कुरा मानसिक समस्यामा पैदा गर्छन् र जसको कारण बलात्कार हुन्छ ।

सामाजिक , सास्कृतिक र आर्थिक पक्ष

यसले व्यक्ति कस्तो समाज कस्तो संस्कार र वातावरणमा हुर्किएको छ । उसले के कुरा सिकेको छ,र कस्तो व्यवहार पैदा गर्छ भन्ने कुरामा जोड दिन्छ । विशेषगरी समाजका ठूला वडाहरूले गरेको गल्ती लुकाउने , ‘मर्दकी सात वटी श्रीमती’ भन्ने जस्ता संस्कार मान्ने, आर्थिक रूपले विपन्नलाई दवाई उनीहरूको शोषण गरी यौन चाहाना पूरा गर्ने समुदाय र संस्कारमा हुर्केका व्यक्तिले यस्ता व्यवहार देखाउछन र दोहोराउछन । सांस्कृतिक र सामाजिक रूपमा बनेका मूल्यमान्यता नीतिहरूका कारण यस्तो हुन्छ । पद र पावरमा भएका व्यक्तिले सीमान्तकृत वर्गमा गर्ने यौन दमन जस्ता अनेक कारणले बलात्कारलाई प्रशय दिएको पाइन्छ । यस्ता कारणले नै बलात्कार हो भन्ने कुरा नकार्न सकिँदैन ।

बलात्कारका सिकार हुने प्रमुख उमेर समूह :

हामीले देखेर सुने अनुसार सबै भन्दा बढी बलात्कारको सिकार हुने समूह आश्रित समूह हो । नेपालको परिप्रेक्षमा पनि यो आँकडा हेर्न सकिछ । पछिल्लो २ महिनामा सामुन्ने आएका बलात्कारको घटना हेर्दा सबैभन्दा बढी बालिका छन्न । त्यो पनि विद्यालय उमेरका बालिका भने केही ६० वर्ष कटेका वृद्धा समेत देखिन्छन् । किशोर र यौवन अवस्थामा भएका बलात्कृत समूह सामूहिक बलात्कार वा बल्याकमेलिङ्गको कारण बलात्कृत भएको देख्न सकिन्छ ।

* उनीहरू सजिलै प्रतिकार गर्न सक्दैनन् , बलात्कारी सजिलै आफूमा भएको बलको कारण उनीहरूलाई काबुमा राख्न सक्दछ ।
* यो उमेर समूहलाई फकाउन र मनाउन सजिलो हुन्छ।
* डर धम्की देखाएर डराउन सजिलो हुन्छ ।
* यो उमेर समूहले सजिलै समाजमा, अभिभावक, आफन्तसँग कुरा खोल्न डराउछन र बलात्कारीले पटकपटक प्रयोग गरीरहन सक्दछन् ।
* यो उमेर समूह आफूमाथि भईरहेको व्यवहार राम्रो हो या नराम्रो छुट्टाउन सक्दैनन् ।

पञ्चपुरी, सुर्खेत – हाल, कीर्तिपुर, काठमाडौ

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख