२ भाद्र २०७९, बिहीबार

पशुपतिनाथ प्राङ्गणमा डोजर चलाउदै गर्दा निस्कियो प्राचीन शिवलिंग

काठमाडौ – पशुपति मन्दिर दक्षिण द्वारको बायाँतर्फ सडक निर्माण गर्ने क्रममा डोजरले खन्दै गर्दा शिवलिङ्ग निस्किएको छ। जमिनमा गाडिएर रहेको शिवलिङ्ग निकाल्दा माटोले भरिएकाले पहिचान नभएको र मन्दिर दर्शन गर्न जाने क्रममा एकजना भक्तले देखेपछि सफा गरी हामीलाई जानकारी गराउनुभएको थियो। साथमा कुनै अभिलेख नभएकोले शिवलिङ्ग कति पुरानो हो भनेर एकिन गर्न सक्ने अवस्था भने छैन। डोजरले खन्ने क्रममा माथिल्लो भागमा थोरै क्षति पुगेको छ।

यसभन्दा अघिका निर्माणको क्रममा ठेकेदारको लापरवाही या अरु केही कारण शिवलिङ्ग जमिनमुनि रहेको भन्ने कुरा रहस्यमय बनेको छ। पशुपति हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्र हो। यहाँ थुप्रै वस्तुहरु यसरी नै लुकेर बसेका छन।

हाम्रा अमुल्य नीधि, मुर्तीहरु शिवलिङ्ग र पुरातात्त्विक बस्तुहरु। अझै पनि पहिचानविहिन अवस्थामा छोपिएर रहेका छन। तसर्थ यस्ता विषयमा स्थानीय, स्थानीय सरोकारवाला निकाय र पुरातत्त्व विभाग सबैको ध्यान जान जरुरी छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख