२८ असार २०७७, आईतवार

मापदण्ड विपरित क्वारेन्टाइनः गैर कानूनी

क्वारेन्टाइन कोरोना भाइरस संक्रमणको शंकाको घेरामा रहेका व्यक्तिहरुलाई सुरक्षित राख्नको लागी अस्थायी रुपमा व्यवस्था गरिएको एक प्रकारको अस्पताल नै हो । कोरोना भाइरस मानिसको आँखाले नदेखीने भएको हुदाँ कुनै पनि संक्रमीत ठाउँबाट आएका व्यक्तिहरुलाई शंकाको घेरामा राखि उनीहरुको उपचार अस्थायी रुपमा रहेको क्वारेन्टाईनमा राखेर गरिन्छ ।

जसबाट पहिलो, उनीहरु संक्रमित रहेको अबस्था रहेछ भने समाजमा संक्रमित हुन रोक्दछ र उनीहरुको उपचार तत्काल शुरु गर्न सकिन्छ दोश्रो, संक्रमण नदेखीएको व्यक्तिहरुलाई सुरक्षित उनीहरुको परिबारमा जान र बस्न सक्ने बातबरण सहज हुन्छ ।

क्वारेन्टाइनसँग ६ वटा महत्वपूर्ण पक्ष ।

पहिलो, क्वारेन्टाइनमा राखेका मानिसहरु संक्रमित नभएका तर संक्रमित भएका हुन सक्ने सम्भावना सबभन्दा बढि भएको हुन्छन । यसकारण यसमा राखिएका मानिसहरुको तुरुन्तै परिक्षण गर्ने व्यवस्था र व्यवस्थीत बसोबासको व्यवस्था हुन जरुरी रहन्छ ।

यसलाई छात्राबासको रुपमा होइन एक अस्पतालको रुपमा बुभ्न अति आबश्यकछ । जति छिटो परिक्षण त्यती छिटो संक्रमण रोक्ने तथा छिटो भन्दा छिटो ट्रेसिङ गर्न सजिलो हुन्छ जुन समाजमा हुने संक्रमण रोक्ने एकमात्र आधार हो ।

दोश्रो, कुनै एक मानिसमा पनि संक्रमित रहेको अबस्थामा यसको मापदण्ड पूर्ण रुपमा पालना गरिएन भने उक्त क्वारेन्टाइनमा रहेका सबै मानिसहरुमा संक्रमण हुने अबस्था हुन्छ । यसकारण क्वारेन्टाइन अति उच्च जोखिम रहेको हुदाँ उच्च सर्तकता विच संचालित हुनु पर्दछ ।

तेश्रो, क्वारेन्टाइनमा बसेका मानिसहरुमा भाइरस संक्रमित नभएता पनि उनीहरु अत्यधिक मनोबैज्ञानिक दवाबमा रहेका हुन्छन् । जसले उनीहरु शारिरिक र मानसिक दुबै रुपमा कमजोर हुने हुदाँ उनीहरुलाई शारिरिक र मानसिक रुपमा बलियो बनाउन चाहिने आबश्यक व्यवस्था हुनु अति नै महत्वपूर्ण हुन्छ ।

नत्र रोगले भन्दा पनि भयले उस्को रोकसँग लड्ने क्षमतालाई झन कमजोर बनाउन सक्छ । त्यसैले मानसिक दवाबलाई यस प्रकार संचालित मापदण्डले झन बढवा दिने गर्दछ ।

चौथो, कोरोनाको लक्षण देखिन समय लाग्ने र नेपालमा त अत्यधिक व्यक्तिहरुलाई लक्षण नै नदेखिएको पाइएको छ । यो अबस्थामा पहिलो चोटीको परिक्षणबाट नेगेटिभ देखिए पनि संक्रमित नभएको भन्न सकिने अबस्था नरहने भएकोले निश्चित समय सम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरु विचको शारिरिक दुरीलाई तोकिएको मापदण्ड अनसार पूर्णत पालन गर्नु पर्दछ । नत्र उनीहरु विच नै संक्रमण हुने खतरा अत्यधिक रहन्छ ।

पाचौं, क्वारेन्टाइन सबभन्दा उच्च जोखिम भएको ठाउँ हो । यसकारण क्वारेन्टाइन स्थापना तथा संचालनमा कुनै पनि हालतमा लापरबाही हुनु हुदैन । नत्र यही क्वारेन्टाइन नै संक्रमणको केन्द्र बन्ने कुरामा दईमत छैन ।

छैठौं, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा कोरोना भाइरसमात्र होइन अन्य बिभिन्न सरुवा रोगहरु पनि हुन सक्दछन । यसकारण न्यूनतम मापदण्ड विपरित यस प्रकार संचालीत क्वारेन्टाइनहरुबाट कोरोना संक्रमीत हुने सम्भावना त पक्कै छ नै सँगसँगै अन्य बिभिन्न रोगहरु पनि एक अर्को विच संक्रमण हुने उच्च सम्भावना हुन्छ ।

साथै उनीहरुमा अन्य रोगहरुको पनि संक्रमण हुने सम्भावना रहन्छ । शौचालय, बस्ने कोठाहरु, फोहोर पानीको कारण निरोगी व्यक्ति १५÷२० दिनको क्वारेन्टाइनको बसाइबाट विरामी भएर घर पुग्नु पर्ने अथवा अर्को सरुवा रोग भिरेर जानु पर्ने बातबरण पनि हुन सक्ने हुन्छ ।

हो, यसकारण विश्व स्वस्थ्य संगठनले क्वारेन्टाइनको मापदण्ड तोकेकोछ र यसैलाई मान्यता दिदै नेपाल सरकारले पनि क्वारेन्टाइनको मापदण्ड जारी गरेकोछ । तर चिनबाट ल्याईएका विद्यार्थी राखेको क्वारेन्टाइन बाहेक नेपालमा हाल संचालीत कुनै पनि क्वारेन्टाईन नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नरहेको देखिएकोछ ।

यहाँ सम्मकी क्वारेन्टाइनमा तातो पानि, सफा शौचालय, उचित खानपान, व्यवस्थित बस्ने, सुन्ने ठाउँ जस्ता न्यूनतम व्यवस्था समेत नभएको यथार्थता हामीले देखेकाछौं । क्वारेन्टाइनमा बसेको मानिस विरामी हुदाँ अस्पताल लाने एम्बुलेन्स सम्मको व्यवस्था हुन नसकेर विरामीले मृत्युबरण गर्नु परेको समाचारले हामीलाई लज्जीत तुल्याएको छ । नेपाल सरकार आफैले बनाएको क्वरेन्टाइनमा न्यूनतम व्यवस्था नहुनु सरकारको चरम लापबाही प्रमाणीत भएकोछ ।

नेपाल सरकारले तोकेको न्यूनतम व्यवस्था के के छन् ?

१) सुरक्षाको पूर्ण ग्यारेन्टी ।
२) नुहाउन, कपडा धुन, शौचालय लगाएतमा चाहिने स्वच्छ पानीको व्यवस्था ।
३) फोहोर व्यवस्थापनको लागी आबश्यक सरसफाइका सामानहरु, आबश्यक डष्टविन लगाएतको व्यवस्था ।
४) स्वच्छ, शुद्ध पानी र पोषणयुक्त खानपिनको व्यवस्था ।
५) बालबालिका, जेष्ठ नागरिक, गर्भवती, दिर्घरोगी तथा छुट्टै क्षमता भएका व्यक्तिहरुको लागी विशेष खानपनि र अन्य आबश्यक व्यवस्था ।
६) पूर्ण सरसफाईको ग्यारेन्टी सहित आबश्यकता अनुसार सरसफाईको कर्मचारीको व्यवस्था ।
७) संचार, स्वस्थ्य, सडक अन्य आबश्यक व्यवस्था ।
८) एम्बुलेन्स २४ घण्टा उपलब्ध हुनुपर्ने र चालक पनि अनिबार्य रहनु पर्ने ।
९) सुत्नको लागी उचित व्यवस्था ओढ्ने, ओछ्याउने, झुल लगाएत मौसम अनुसार अति आबश्यक व्यवस्था हुनुपर्ने ।
१०) सय जना रहने क्वारेन्टाईनमा कम्तीमा उक जना एमपीएच, एपडी गरेको चिकित्सक हुनु पर्ने ।
११) मेडिकल अधिकृत र स्वस्थ्य परिचारिका कम्तीमा १/१ जनाको व्यवस्था ।
१२) प्यारामेडिक र फर्मासिस्ट १/१ जना ।
१३) स्वस्थ्य सुरक्षाको लागी आबश्यक अन्य तातोपानी, साबुन, ह्यान्ड सेनिटाईज लगाएत न्यूनतम आवश्यक सामानहरुको व्यवस्था हुनुपर्ने ।

क्वारेन्टाइन मापदण्ड विपरित हुनु कानून प्रश्न हो ।

केन्द्र सरकारले जारी मापदण्डहरु राज्यको सबै सरकारी निकाय, प्रदेश सरकार तथा स्थानिय सरकारहरु लाई कानून सरह लागु हुन्छ । विभिन्न स्थानिय सरकार तथा प्रदेश सरकारहरुले हाल संचालीत अधिकाँस क्वारेन्टाइनहरु मापदण्ड विपरित हुनु एक गम्भिर कानूनी प्रश्न हो ।

यसले कानूनको उल्लंघन त गरेको नै छ । यस प्रकारको गतिविधीहरु संबैधानीक र मानब अधिकार विरुद्ध पनि छ ।

नेपालको संविधान अनुसार पनि सबै नेपालीहरुको उपचार पाउने र स्वच्छ बातबरणको अधिकारलाई आधारभुत मानब अधिकारको रुपमा ग्यारेन्टी गरेकोछ । यसकारण पनि यो संबैधानीक अधिकारको समेत विरुद्धमा छ ।

यो मानब अधिकारसँग जोडिएको पनि विषय हो । राष्ट्रिय मानव अधिकार आयोगले समेत यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेकोछ तोकिए बामोजिमको व्यवस्था सबै क्वारेन्टाइन स्थलहरुमा व्यवस्था गर्नको लागी निर्देशन समेत दिएकोछ ।

अन्तमाः मापदण्ड विपरितका सबै क्वारेन्टाइनहरु गैर कानूनी हुन्छन र त्यस प्रकारको क्वारेन्टाईन स्थापना गर्ने व्यक्ति तथा समुहलाई कानूनी कारबाही हुनु पर्दछ भने सबै मापदण्डहरु बन्द गरिनु पर्दछ ।

यदि मापदण्ड अनुसार संचालन गर्न नसकिने हो भने उनीहरुको घरलाई नै क्वारेन्टाइन बनाउनु बुद्धिमता हुन्छ । यसरी घरमै क्वारेन्टाइनमा रहदा न्यूनतम मापदण्ड नपुगेको क्वारेन्टाइनमा रहनु भन्दा जोखिम कम हुने कुरा यसमा संलग्न चिकित्सकहरुले बताएकाछन ।

मापदण्डहरु विश्व स्वस्थ्य संगठनलाई देखाउन र कागजी दस्ताबेज बनाउनमात्र राज्यहरुले बनाउने होइन । यसको पूर्ण परिपालन गर्नु राज्यको मुख्य जिम्मेदारी हो । यस कारण पनि क्वारेन्टाइन कुनै देखावटी र प्रचारबाजीको विषय कदापी हुनु हुदैन । नत्र यो कानूनी शासनको उपहास हो ।

मनोज कुमार कडेल,
अधिबत्ता/बालअधिकारकर्मी

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
समाचार प्रमुख