१८ जेष्ठ २०७७, आईतवार

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

काठमाण्डौ । नेपालमा आज शुक्रबार दिउँसो थप २० जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएका २० जनामध्ये बाँकेका १४, कैलालीका ३, डेडल्धुरा, बैतडी र मोरङका एक-एक जना छन्।

पछिल्लो समय भारतबाट आएकाहरूमा बढी संक्रमण देखिएको छ । पछिल्लो समय सीमा नाकाबाट प्रवेश गर्ने व्यक्तिहरूमा संक्रमण देखिएको हो ।

अझै भारतबाट थप मानिसहरू आइरहेकाले संक्रमण बढ्ने देखिन्छ । भने आउने क्रमस‌ँगै सम्पुर्ण नेपालीहरुमा त्रासको वातावरण देख्न सकिन्छ । सो सगैँ कतिपय स्थानहरुमा विदेशबाट आएकाहरुलाई राख्न क्वारेन्टाइनको समेत अभाव भएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता