२ भाद्र २०७९, बिहीबार

नेपाल टेलिकमले ल्यायो विभिन्न सहुलियतपूर्ण प्याकेज अफर

काठमाडौं – नेपाल टेलिकमले विभिन्न सहुलियतपूर्ण प्याकेजको अफर ल्याएको छ । टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा आइतबारदेखि चैत २८ गतेसम्म लिन सकिनेछ ।

हेर्नुहोस् विभिन्न अफरहरु :-

* ह्याप्पी विकेन्ड प्याक :

जीएसएम र सीडीएमएका प्रिपेड र पोष्टपेड दुवै मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।

* अल टाइम डाटा प्याक :

यो सुविधा पनि जीएसएम प्रिपेड र पोष्टपेड तथा सीडीएमए प्रिपेड र पोष्टपेडका मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । यस अन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने भएको छ । अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँ देखि ५ सय रुपैयाँ सम्मका प्याकहरु उपलब्ध छन् । यस अन्तर्गत बोनससहित २३ एमबी देखि ४ हजार ५ सय एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म रहेको छ ।

* अनलिमिटेड नाइट डाटा प्याक :

जीएसएम र सीडीएमए मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड नाइट डाटा अन्तर्गत १५ रुपैयाँमा अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । यसको अवधि डाटा खरिद गरेको एक दिनसम्म हुनेछ ।

* नाइट टाइम भोलुम बेस्ड डाटा प्याक :

जीएसएम प्रिपेड र पोष्टपेड एवं सीडीएमए प्रिपेड र पोष्टपेड मोबाइलमा नाइट टाइम भोलुम डाटा प्याक पनि प्रयोग गर्न सकिन्छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ ।

थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याक अन्तर्गत ५ रुपैयाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिने छ । त्यसैगरी ७ दिनसम्मको अवधिमा ४५ रुपैयाँमा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७६८० एमबी डाटा तीन सय रुपैयाँमा प्रयोग गर्न सकिने छ । यो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

* अल टाइम सोसियल मिडिया डाटा प्याक :

त्यसैगरी ८५ रुपैयाँमा ७ दिनसम्म र २ सय ४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । उपरोक्त सबै प्याकमा १ जीबी डाटासम्म थ्रिजी र फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ ।

* अल टाइम सोसियल मिडिया डाटा प्याक:

यो प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

* अल टाइम भ्वाइस प्याक :

जीएसएम तथा सीडीएमए प्रिपेड र पोष्टपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत एक दिनदेखि दुई महिनासम्म प्रयोग गर्न सकिने प्याकेज उपलब्ध छ । जुन प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ । यी प्याकेजबाट गरिने कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ ।

*नाइट टाइम भ्वाइस प्याक :

जीएसएम तथा सीडीएमए प्रिपेड र पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म असीमित समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म टेलिकमकै नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने छ ।

मोबाइलबाट *1415# डायल गरि सेवाको विस्तृत विवरण हेर्न सकिन्छ ।

* एडीएसएल भोलुम बेस्ड प्याकेज :

नेपाल टेलिकमले भोलुममा आधारित एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएस सम्मको गतिमा १५ जीबी डाटा २०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएस सम्मको गतिमा २५ जीबी डाटा ३०० रुपैयाँमा र ४० जीबी डाटा ४०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ ।

* एडीएसएल अनलिमिटेड प्याकेज :

अनलिमिटेड एडीएसएल इन्टरनेट प्याक ५ एमबीपीएससम्मको गतिमा ८०० रुपैयाँमा १ महिना सम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएससम्मको गतिमा ४३०० रुपैयाँमा ६ महिनासम्म र ८००० रुपैयाँमा १ वर्ष सम्मका लागि उपलब्ध गराएको छ ।

त्यसैगरी विद्यार्थी सिम सेवा, मिस्डकल अलर्ट सेवा, दैनिक भोलुम बेस्ड डाटा, १ घन्टा अनलिमिटेड सेवा, भारतमा फोन कलको प्याकेज लगायत विभिन्न प्याकेज सुविधाहरु पनि ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख