२१ जेष्ठ २०७७, बुधबार

प्रहरीको फन्दाबाट उम्किन कोरोनाले मृत्यु भएको नाटक

विश्व यतिबेला कोरोना भाइरसको महामारीबाट ग्रस्त छ । कोरोना महामारीकैबीच विचित्रका समाचारहरु समेत सार्वजनिक भएका छन् । दक्षिण अमेरिकी देश पेरुको एउटा अनौठो घटना अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पेरुका एक मेयरले कोरोना भाइरसबाट आफू मरेको नाटक गरेपछि उक्त घटना सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

जब उनलाई प्रहरी पक्राउ गर्न आयो उनी शव राख्ने कफिनमा कोरोनाबाट मरेको नाटक गरेर सुतेका थिए ।उनको नाम जेमिए रोलान्डो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी लकडाउनको नियम उल्लंघन गरेर साथीहरुसँग मादक पदार्थ सेवन गरिरहेका थिए ।

जब पुलिसले उक्त कुरा थाहा पायो तब पुलिस उनीहरुलाई गिरफ्तार गर्न घर पुगेको जनाइएको छ । पेरुको तन्ताराका मेयरलाई समात्न जाँदा प्रहरीले उनलाई मास्क लगाएर मरेको नाटक गरेर अवस्थामा कफिनमा सुतिरहेको भेटाएको थियो । पुलिसहरुले उनको तस्वीर खिचेर उनी माथि अनुसन्धान गर्न शुरु गर्दा उनी नशामा नाटक गरेर सुतेको प्रमाणित भएको थियो । त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गरेका थिए । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता