१६ जेष्ठ २०७७, शुक्रबार

२२ वर्षिया युवतीको अश्लिल भिडियो खिचियाे – सामाजिक संजालमा पोस्ट गर्ने धम्की

क्वारेन्टाइनमा २२ वर्षीया महिलाको अश्‍लिल भिडियो बनाएको आरोपमा दुईजना पक्राउ परेका छन् । उनिहरुले भारतको मध्य प्रदेशको सागर जिल्लामा क्वारेन्टाइनमा बसेकी २ वर्षीया महिलाको अश्‍लिल भिडियो बनाएर सामाजिक संजालमा हाल्दिने धम्कि दिएका थिए ।

प्रहरीले दुबै २० वर्षे आरोपीहरुलाई बुधवार राति पक्राउ गरेको जनाएको छ । आरोपितहरूले महिलालाई धम्की दिए भिडियो बनाएका थिए । सागर जिल्लाको गारहकोटाका इन्चार्ज राजेश बञ्जाराका अनुसार उजुरी गर्ने महिला इन्दौरबाट फर्केकी थिइन् । उनलाई एउटा स्कूलमा अलग्गै राखिएको थियो ।

उक्त महिला गत साता क्वारेन्टाइन सेन्टर बाहिर एउटा अस्थायी बाथरूममा नुहाउँदै थिइन्। त्यही बेला दुई आरोपीले उनको भिडियो बनाएका थिए ।आरोपीले क्लिपलाई सामाजिक संजालमा अपलोड गर्ने धम्की दिए । ती दुबैविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता