१६ जेष्ठ २०७७, शुक्रबार

बेलहिया नाकामा नाराबाजी, नेपाल प्रवेश गर्न पाउनुपर्ने माग

बुटवल । भारतको नौतनवा क्वारेन्टाइनमा बसेका नेपालीहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा प्रदर्शन गरेका छन् । उनीहरु २१ दिन क्वारेन्टाइनमा बसेका थिए । बिहीबार राति साढे आठ बजेतिर करिब सय जना नेपालीहरूले स्वदेश जान पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।

नेपालको क्वारेन्टाइनमा बसेका करिब चार सय भारतीयलाई उनीहरूको मुलुक फर्किन दिएको आफूले देखेको भन्दै नेपालीहरूले आफूहरूलाई पनि आफ्नो देश फर्कन पाउनुपर्ने माग गरेका हुन् । एक घण्टादेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता