१६ जेष्ठ २०७७, शुक्रबार

गोरखाको बोर्लाङमा पाहुना लाग्न र तास खेल्न रोक

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट जोगिन गोरखाको भीमसेनथापा गाउँपालिका–७ ले वडाभित्र पाहुना लाग्ने, तास खेल्नेलगायतका गतिविधिमा रोक लगाएको छ ।

गाउँपालिकाको वडा नं. ७ बोर्लाङमा जेठ ८ गतेदेखि लागू हुनेगरी पाहुना लाग्न नपाइने नियम बनाइएको हो ।

वडा कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आफन्तलाई नबोलाउन र आफू पनि कतै नजान वडाबासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता