१८ जेष्ठ २०७७, आईतवार

कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु भएको खवर भ्रामक, संक्रमितको अवस्था गम्भीर

रुपन्देही । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था गम्भीर छ । मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले विज्ञप्ति जारी गरी बिरामीबारे बाहिर आएको गलत र भ्रामक समाचारको पछि नलाग्न सबैमा अनुरोध गरेको छ ।

उहाँ एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गतेदेखि अस्पतालमा भर्ना हुनुभएको हो । मदानेको एक विद्यालयका प्रधानाध्यापक उहाँमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता