२१ जेष्ठ २०७७, बुधबार

युवाले गरे राहतकोषमा सहयोग

स्याङ्जा । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीले गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा रु डेढ लाखभन्दा बढी रकम आर्थिक सहयोग गरेका छन् । गल्याङ नगरपालिका र देशका अन्य जिल्ला कपिलवस्तु, झापा, सङ्खुवासभा, पाँचथर र सोलुखुम्बुबाट रोजगारीको सिलसिलामा कोरिया पुगेका युवाले कोरियामा रहेका नेपालीसँग उठाएर राहत कोषमा रु एक लाख ५१ हजार सहयोग गरेका हुन् ।

कोरियामा रहेका ३८ युवाले राहत कोषका लागि रु दुईदेखि पाँच हजार सङ्कलन गरी कोरोना भाइरसको सङ्क्रमण र रोकथामका लागि सहयोग पुगोस् भनेर राहात रकम सहयोग गरेको रोजगारीको सिलसिलामा कोरियामा रहनुभएका नारायण अर्यालले जानकारी दिनुभयो । वडा नं ११ का वडासदस्य डिल्लीप्रसाद भण्डारी (गोपाल) लाई सम्पर्क गरी आफूहरुले जम्मा गरेको रकम पठाएको अर्यालले बताउनुभयो ।

दक्षिण कोरियाबट युवाले पठाएको सो रकम वडासदस्य गोपालले नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले रोजगारीको सिलसिलामा विदेश रहेका युवाले कोरोना भाइरसको महामारीबाट विश्व नै समस्यामा परेको दुःखद् अवस्थामा पनि नगरपालिकालाई सम्झिएर सहयोग गरेकोमा धन्यवाद दिँदै रकमलाई सही सदुपयोग गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता