१६ जेष्ठ २०७७, शुक्रबार

दशगजामा भारतीय सुरक्षा पोष्ट नबन्ने, अडानबाट पछि हट्यो भारत

काठमाडौं । ठोरी गाउँपालिका–४ का स्थानीयको निरन्तर विरोध र अडानपछि सीमाबाट करिब ३० मिटर पर सारेर सुरक्षा पोष्ट बनाउन भारत सहमत भएको नागरिक समाज ठोरीका अगुवा सन्तोष श्रेष्ठले बताए ।

भारतको वन विभागको टोलीले भ्यूटावरसहितको सुरक्षा पोष्ट बनाउन गिट्टी, बालुवालगायतका निर्माण सामग्रीसमेत ल्याएको थियो ।

सुवर्णपुरस्थित सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सिंहवीर (सागर) मल्लका अनुसार ‘भारतीय पक्षले दशगजा क्षेत्रमा भ्यूटावरसहितको सुरक्षा पोष्ट बनाउन खोजेपछि स्थानीयले विरोध गरेको’ बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता