२१ जेष्ठ २०७७, बुधबार

प्रदेशसभा सदस्यद्वारा रु ९० हजार सहयोग

तानसेन । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य युवराज खनालले पाल्पाका तीन स्थानीय तहलाई रु ३१–३१ हजार सहयोग प्रदान गर्नुभएको छ ।

सदस्य खनालले आफूले पाउने सेवासुविधाको रकम विपन्न वर्गका लागि रामपुर नगरपालिका तथा निस्दी र पूर्वखोला गाउँपालिकाले स्थापना गरेका विपद् व्यवस्थापन कोषमा सहयोग गर्नुभएको हो ।

रामपुर नगरपालिकामा मङ्गलबार चेक हस्तान्तरण गर्दै उहाँले कोरोना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा समस्यामा परेका वर्गलाई राहतस्वरुप सहयोग गरिएको बताउनुभयो ।

उहाँले राहत कोषको सदुपयोग गर्न रामपुर नगरपाालिकाका प्रमुख रमणबहादुर थापालाई अनुरोध गर्दै प्रदेश सरकार कोरोना भाइरस संक्रमण फैलिन नदिन स्थानीय तहसँग हातेपालो गरेर अगाडि बढेको स्पष्ट पार्नुभयो । दुई गाउँपालिकामा भने रकम आज हस्तान्तरण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता