१६ जेष्ठ २०७७, शुक्रबार

प्रिमियर लिगमा फेरि मडारियो शंकाको बादल, देखिन थाल्यो खेलाडी तथा अफिसियलमा कोरोना पोजिटिभ

बेलायत । इंग्ल्याण्डको प्रिमियर लिगका ६ खेलाडी तथा क्लबका अफिसियलमा कोरोना भाइरस पोजिटिभ पाइएको छ । प्रिमियर लिग सुरु गर्ने बहस तीब्र भइरहेको बेलामा लिगका खेलाडी तथा अफिसियलहरुमा कोरोना संक्रमण देखिन थालेको हो ।

क्लबहरुले आन्तरिक अभ्यास आरम्भ गरिरहेको बखत प्रिमियर लिग खेल्ने जम्मा २० टिमका ७ सय ८४ खेलाडी र अफिसियलको कोरोना परीक्षण गर्दा खेलाडी र अफिसियल गरी ६ जनामा कोरोना भाइरस पोजिटिभ पाइएको छ ।

यो घटनासंगै आगामी जुन महिनामा सुरु गर्ने भनिएको प्रिमियर लिगमा फेरि शंकाको बादल मडारिएको छ । परीक्षणमा पोजिटिभ पाइएका खेलाडी तथा अफिसियलको नाम गोप्य राखिएको छ भने उनीलाई सात दिन सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइएको छ ।

लिभरपुल उपाधि नजिक पुगिसकेको यसपटकको प्रिमियर लिग कोरोना भाइरसको कारण गत मार्च १३ देखि स्थगित भएको छ । लिगका अझै ९२ म्याच खेलिन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता