४ भाद्र २०७९, शनिबार

अश्लील हर्कत र भल्गर प्रस्तुतिले सबै माेडल बदनाम :माेडल मिस क्युन शिवानी

२०५५ असार २९ गते पिता पितम बहादुर अधिकारी र माता उर्मिला खत्री अधिकारीकाे काेखबाट धादिङ जिल्लाकाे बुढाथुम्का ५ मा जन्मनु भएकी सिवानी(सिसम)अधिकारी माेडलिङ क्षेत्रमा अाफ्नाे छुट्टै पहिचान बनाईसकेकि मेाडल हुन । दर्जनाै म्युजिक भिडियाे तथा फेसन साे कार्यक्रम गर्नुभएकी अधिकारी २०१४ काे मिस क्विन विजेता पनि हुन, उनैसगकाे कुराकानी :

* तपाईकाे दिनहरू कसरी वित्दै छ ?

:-विभिन्न भिडियाेकाे शुटिङ तथा फेसन साे कार्यक्रम गरेर वित्दै छ ।

* कलाकारिता क्षेत्र त्यसमा पनि माेडल नै राेज्नुकाे कारण के हाे ?

:-मलाई सानै देखि मिडिया क्षेत्र मन परथ्याे ,स्कुल तथा गाउघर तिर भएका कार्यक्रममा नाच्ने गाउने गर्थे,धेरै कार्यक्रममा प्रथम भएर पुरस्कार पनि हात पारे ,पारिवारिक साथ गुरूवर्ग तथा साथीभाईकाे हाैसलाले गर्दा माेडलिङ क्षेत्रमा प्रवेश गरे।

* याे क्षेत्रमा प्रवेश गर्न छाेरा मान्छेलाई भन्दा ,छाेरि मान्छेलाई सहज हुन्छ भन्छन नि यसमा तपाईकाे भनाई के रहेकाे छ ?

:-कतिपय नया युवा युवती माेडलिङ क्षेत्र राम्राे र सजिलाे हुन्छ भन्ने अभिप्रायले यसमा प्रवेश गरेकाे पाईन्छ,याे सरासर गलत हाे ,जुनक्षेत्रमा प्रवेश गर्दा पनि सुरूकाे अवस्थामा युवा हाेस या युवती सबैलाई गाह्रै पर्छ,माेडलिङ गर्छु भनेर भएन कला तथा गला सम्बन्धि ज्ञान तथा क्षमता उत्तिकै हुन जरुरी देखिन्छ।

* अझै पनि हाम्राे समाजले छाेरीचेलिहरू माेडलिङ क्षेत्रमा लागेकाे राम्राे मानिदैन किन हाेला ?

:-माेडलिङ पेसा अाफैमा खराब देखिदैन ,चाडै चर्चा कमाउन रातारात स्टार बन्ने अन्धाे साेचका कारण केही माेडलकाे अश्लिल हर्कत तथा भल्गर प्रस्तुतीले गर्दा सबै माेडलहरू बदनाम भएकाे हाे,राम्राेसंग बुझेर लाग्ने व्यक्तिलाई याे एक सम्मान एवम सन्ताषजनक पेशा हाे ,समाजकाे ऐना पनि हाे

* याे क्षेत्रमा लाग्दा कमाई चाहिँ कतिकाे हुनेरहेछ?

:-मेरा अावश्यकता सहज ढंगबाट पूरा भएकाे छ ,सन्ताेष जनक हिसाबकाे कमाई छ, पैसा भन्दा पनि मान सम्मान र इज्जत कमाउन सफल भएकाे छु खुसि छु।

* अहिलेसम्म कतिवटा म्युजिक भिडियाे र फिल्ममा काम गर्नु भयाे?

:- दर्जनाै गितहरूमा काम गरि सके ,दुईवटा फिल्मकाे काम सकि सक्याे उइ्स र सुक्का मानाे चाडै रिलिज हुने क्रममा छ।

* तपाईले काम गर्नु भएका गित संगितका भिडियाे मध्यमा सबैभन्दा बढि कुन गित हिट भयाे ?

:-सबै भिडियाे हिट भएका छन,जब साझ पर्दै गयाे मेलिन राई दिदिकाे गितले मेराे चर्चा अझै बढायाे।

* तपाईले गरेकाे गितहरूबाट अवार्ड चाहिँ पाउनु भयाे कि नाई,कुन गितबाट अवाड पाउन सफल हुनु भयाे ?

:- अवार्ड पनि पाउन सफल भए,जब साझ पर्दै गयाे बाेलकाे भिडियाेबाट नेश्नल क्यापिटल अवार्ड २०१८ अन्तरगत सर्वउत्कृष्ट नभप्रतिभा लेडिज माेडल पाउन सफल भए।

* देश विदेशकाे यात्रा कतिकाे गर्नु भएकाे छ ,कुनकुन देशमा जानू भयाे ?

:-खासैगरेकाे छैन,नेपालकाे विभिन्न जिल्ला पुगेकाे छु ,दार्जिलिङ ,सिलुगढि,लुम्बिनी ,पाेखरा घुम्न खुब मन पर्छ।

* लभ परेकाे छ कि नाई ?

:-स्कुल पढ्दा परेकाे थियाे ,स्कुल लेबल सकिएपछि लभ पनि सकियाे ,अहिले माेडल भएर हाेला धेरैकाे प्रपाेज अाएकाे छ ,मन मिल्ने ,सपाेट गर्ने साथि काेहि भटिएनन् सबै स्वार्थि स्वाभावका मात्र भटे त्यसैले प्रपाेज एसेप्ट गरेकाे छैन।

* नारीलाई कुन कपडा लगाउदा सेक्सि देखिन्छ ?

:-सबै नारिलाई सारिमा नै राम्रो देखिन्छ तर मलाई चाहिँ सारी बाहेक लेहेगा र गाउना लगाउदा हट देखिन्छ।

* फुर्सदकाे समय कसरी सदुपयाेग गर्नु हुन्छ?

:-लभ स्टाेरी किताब पढ्ने ,पत्रपत्रिका र रेडियाे टेलिभिजनबाट समाचार पढ्ने सुन्ने ,अाफै बुटिपार्लर छ त्यहि काम गर्ने

* तपाईं चन्चले स्वभावकाे हुनुहुन्छ ,नया मान्छेसंगकाे घुलमिल कस्ताे छ ?

म जाेसंग पनि प्रस्ट कुरा गर्छु ,फ्यान्कि छु ,साथि बन्न मलाई खुब मन पर्छ त्यसैले हाेला सायद मेरा साथि धेरै भएका ,नया परिवेशमा चाडै साथित्व कायम गर्छु घुलमिल हुन गाह्राे पर्दैन।

* अन्तिममा के भन्नुहुन्छ ?

:- दर्शक र स्राेताकाे अपार मायाले माेडल सिवानी अधिकारी भनेर चिनाएकाे छ ,मलाई मात्र हाेईन कलाकारिता यात्रामा लाग्नु हुने सबैलाई अझै धेरै माया गर्दिनु हाेला ,विशेष धन्यवाद राजेश तिमल्सिना ज्यु लाई र गाेर्खा अावाज परिवारलाई दिन चाहान्छु,,मेरा थुप्रै नया भिडियाेहरू बजारमा अाउदै छ हेरेर साथ दिनुहाेला भन्नचाहन्छु ।धन्यवाद !

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख