२ भाद्र २०७९, बिहीबार

विराट कोहली भारतमा लगातार सर्वाधिक कमाउने सेलिब्रेटी प्लेयर

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली लगातार सर्वाधिक कमाउने भारतीय सेलिब्रेटी भएका छन् । उनी डफ एण्ड फेल्प्सका सेलिब्रेटी ब्राण्ड लिस्टमा लगातार दोस्रो वर्ष शीर्ष स्थानमा रहेका हुन्।

उनले ब्राण्ड भ्यालुको सूचीमा चर्चित बलिउड सेलेब्रेटीहरुलाई समेत पछाडि छोडेका छन्।

शीर्ष १० को सूचीमा अटाउने उनी एकमात्र खेलाडी हुन्। अन्य सबै बलिउडका चर्चित सेलिब्रेटीहरू नै छन्।

कोहलीले १७०.९ मिलियन डलर अर्थात १९१३.६ करोड भारतीय रूपैयाँको ब्याण्ड भ्यालुसँगै शीर्ष स्थानमा कायमै रहेका हुन्।

यो सूचीमा दोस्रो स्थानमा ११४७.२ करोडसहित दिपिका पादुकोण छन्। तेस्रो स्थानमा अक्षय कुमार, चौथो स्थानमा रणवीर कपुर तथा पाँचौ स्थानमा शाहरूख खान छन्।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख